बिर्तामोडका व्यवसायीले बन्दको प्रतिकार गर्ने
बिर्तामोड । बिर्तामोड उधोग वाणिज्य संघले मंगलवार गरेको बन्दको आव्हानप्रति नेपाल राष्ट्रिय व्यवसाय महासंघ बिर्तामोडले आपत्ति जनाएको छ ।
एक विज्ञप्ति जारी गर्दै महासंघले आम व्यवसायीलाई व्यवसाय बन्द नगर्न अपील गर्दै बजार बन्दको दबावलाई उद्योगी ब्यवसायीहरुले प्रतिकार गर्दै आफ्नो ब्यापार ब्यवसाय नियमित रुपमा संचालन गर्न आग्रह गरेको छ । वाणिज्य संघले आफै बन्दमुक्त विर्तामोड अभियान सञ्चालन गरिरहेको बेला आफै बन्दको आव्हान गरेको छ ।
महासंघले बिर्तामोड नगरपालिकाको सर्वदलीय बैठकमा भएको घटनाप्रति भत्सर्ना गरेको छ । विज्ञप्तिमा सचिव गोमा भट्टराई र अध्यक्ष विवेक निरौलाले हस्ताक्षर गरेका छन् ।
यस्तो छ विज्ञप्ति
बिर्तामोड नगरपालिका कार्यपालिकामा सर्वदलीय बैठक भइरहेको समयमा बिर्तामोड उद्योग वाणिज्य संघको नाममा अनाधिकृत रुपमा केही ब्यवसायीहरु र पदाधिकारीहरु समेतले धारणा राखि सकेपछि नगर प्रमुख पवित्रा महतारा प्रसार्इंले आफ्ना धारणा राख्ने क्रममा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले महिला नगर प्रमुखमाथि गरेको दुब्र्यवहार तथा सार्वजनिक सम्पत्ती तोडफोडको घटनाप्रति नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ बिर्तामोडको गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो संगठन यो घटनाको घोर निन्दा र भत्सर्ना गर्दछ ।
बिर्तामोड नगरपलिकामा आज भएको घटना पश्चात उद्योग वाणिज्य संघको नाममा असार ७ गते बजार बन्द गर्न अनाधिकृत रुपमा गरिएको माइकिङप्रति पनि हाम्रो घोर आपत्ति छ । बजार बन्दको दबावलाई तपाई सम्पूर्ण सचेत उद्योगी ब्यवसायीहरुले प्रतिकार गर्दै नियमित रुपमा आफ्नो ब्यापार ब्यवसाय नियमित रुपमा संचालन गर्न हामी आग्रह गर्दछौ ।
बिर्तामोड उद्योग वाणिज्य संघको आधिकारिक बैठक नै नबसी अनाधिकृत रुपमा भएका ब्यवसायीमारा यस्ता बन्द हड्ताल अस्वीकार गर्दै यस्ता अराजक प्रवृत्ति नदोहोर्याउन समेत सम्बन्धित पक्षलाई चेतावनी दिँदै सरकारले गरिरहेको असैह्य मुल्य वृद्धि फिर्ता गर्नका लागि यसै विज्ञप्ति मार्फत जोडदार माग गर्दछौं ।