बुधबारे हटियामा अतिक्रमण गरेर बसेका व्यापारी हटाउन वाणिज्य संघका अध्यक्ष र उपाध्यक्षले सहमति गरेको खुलासा
बिर्तामोड । बिर्तामोड वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी र वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले बुधबारे हटियाका व्यापारीमाथि दोहोरो चरित्र देखाएको प्रमाण फेला परेको छ ।

संघका अध्यक्ष शिवाकोटी र बरिष्ठ उपाध्यक्ष न्यौपाने अहिले उनीहरुलाई विजुलीको मिटरका लागि सिफारिस दिनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका छन् । सोही आन्दोलनका क्रममा न्यौपानेले सर्वदलीय बैठकमा मेयर पवित्रा महतारा प्रसाई र एमालेका नगर अध्यक्ष सुवास भट्टराईमाथि दुव्र्यवहार नै गरेका छन् ।
तर, उनै अध्यक्ष शिवाकोटी र बरिष्ठ उपाध्यक्ष न्यौपानेले बुधबारे हटियामा अतिक्रमण गरेर बसेका व्यवसायीलाई हटाउन सहमति पत्रमा हस्ताक्षर गरेको फेला परेको छ । सो बजारका सन्दर्भमा ०७८ बैशाख ९ गते बसेको सर्वदलीय बैठकमा अनाधिकृत रुपमा बसेका व्यापारीलाई हटाउनुपर्ने निर्णयमा हस्ताक्षर गरेका थिए ।
नगरको विना इजाजत बसेका व्यापारीलाई हटाउन सहमति जनाएका उनीहरुले फेरि त्यहिका व्यापारीलाई मिटर माग्दै अराजक आन्दोलन गरिरहेका छन् ।