जेष्ठ २, २०८१ बुधबार

६ घण्टापछि बिर्तामोड उवासंघका अध्यक्षसहित ११ जना रिहा

बिर्तामोड । बिर्तामोड नगरपालिकाअघि हुलहुज्जत गरेपछि पक्राउ परेका बिर्तामोड वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीसहित ११ जनालाई प्रहरीले रिहाई गरेको छ । बुधबारे हटियामा अनाधिकृत रुपमा बस्दै आएका व्यापारीलाई मिटर माग गर्दै आन्दोलनरत उनीहरुलाई बिर्तामोड प्रहरीले आज दिउँसो नियन्त्रणमा लिएको थियो । ६ घण्टापछि उनीहरुलाई प्रहरीले रिहा गरेको छ ।

बिर्तामोडका डिएसपी रुगम बहादुर कुँवरका अनुसार पक्राउ परेकाहरुलाई वाणिज्य संघका पूर्व अध्यक्ष बलराम कार्की र कुमार भट्टराईको जिम्मामा रिहा गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडमा भएको छलफलमा उनीहरुलाई शान्तिपूर्ण आन्दोलन गर्न आग्रह गरिएको छ । आफ्ना माग राख्दा शान्तिपूर्ण रुपमा राख्न सूझाव दिएको एमाले झापाका अध्यक्ष दिपक कार्कीले जानकारी दिए ।
छफलफलका क्रममा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले स्थानीय सरकार नै अधिकार सम्पन्न भएकाले सबै निर्णयको अधिकार नगरपालिका भएको बताएका थिए । प्रजिअ रिजालले भने, ‘माग राख्दा कसैलाई पनि डिस्टर्व गर्न मिल्दैन । डिस्टर्व गरेमा फेरि नियन्त्रणमा लिनुपर्ने हुन्छ ।’ नगरपालिकासँग राखिएको माग वार्ता, छलफलबाट समाधान गर्न उनको सूझाव थियो ।

दुई दिनअघि मात्रै सर्वदलीय बैठकका क्रममा वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष न्यौपानेले मेयर पवित्रा महतारा प्रसाईमाथि दुव्र्यवहार गरेका थिए भने एमाले अध्यक्ष सुवास भट्टराईलाई हातपातको प्रयास गरेका थिए । सोही क्रममा न्यौपानेको नेतृत्वमा व्यापारीसमेतले नगरका विभिन्न संरचनामा तोडफोडको प्रयास गरेको थियो ।

बुधबारे हटियाको समस्या समाधानका लागि नगरपालिकाले कार्यदल गठन गरिसकेको छ । नगरउपप्रमुख नगेन्द्र संग्रौलाको संयोजकत्वमा बनेको कार्यदललाई १ महिनामा प्रतिवेदन बुझाउन म्याण्डेड दिइएको छ । कार्यदल बनाइसकेपछि पनि उनीहरुले आन्दोलन स्थगित गरेका छैनन् ।

प्रकाशित मिति : असार ८, २०७९ बुधबार  ७ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]