जेष्ठ २, २०८१ बुधबार

बिर्तामोड नगरपालिकाको अत्यावश्यक बाहेक अन्य सेवा बन्द

बिर्तामोड । बिर्तामोड नगरपालिकाले असार १० गते अत्यावश्यक बोहक अन्य सेवाहरु बन्द गर्ने भएको छ । प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले शुक्रवार अत्यावश्यक बाहेकका सेवा बन्द हुने जानकारी दिए ।

असार १० गते नगरसभा मार्फत बिर्तामोड नगरपालिकाले बजेट, नीति तथा कार्यक्रम ल्याउने भएको हुँदा अन्य सेवाहरु बन्द गरिएको एक सूचना मार्फत जानकारी दिइएको छ । स्वास्थ्य, दमकल र शववाहन बाहेकका सबै सेवा नगरसभाको अवधिभर बन्द हुने बताइएको छ । सेवा बन्दबाट हुने असुविधाप्रति नगरपालिका क्षमाप्रार्थी छ, सूचनामा भनिएको छ ।

प्रकाशित मिति : असार ९, २०७९ बिहीबार  ८ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]