जेष्ठ ५, २०८१ शनिबार

चन्द्रडाँगी–लालपानीलाई झोलुङ्गेले जोढ्ने तयारी

दुधे । झापाको शिवसताक्षी नगरपालिका वडा नम्वर ७ स्थित कनकाई नदीमा झोलुङ्गे पुल निर्माणका लागि माटो परीक्षणको काम सुरु भएको छ ।

वडा नं.७ र संघीय सांसद एलपी सावां लिम्बुको पहलमा भौतिक पूर्वाधार बिकास मन्त्रालयबाट माटो परीक्षण र डिपिआरको लागि २० लाख रुपैयाँ विनियोजित भएपछि झोलुङ्गे पुलको निर्माणको लागि काम अघि बढाइएको हो । माटो परीक्षणको जिम्मा पाएको एसिया फाउण्डेसनले गत भाद्र १७ गते देखी काम सुरु गरेको थियो भने अवको केही दिन भित्र परीक्षणको काम सक्ने शिवसताक्षी नगरपालिका वडा नं. ७ का अध्यक्ष नबिन इजमले बताए । वर्षौ देखी नदी वारपारमा समस्या भोग्दै आईरहेका स्थानीयवासी झोलुङ्गे पुल निर्माण हुने भएपछि हर्सित भएका छन् । यो पुल निर्माणपछि सुरुङाबाट घुम्नुपर्ने बाध्यता अन्त्य हुने अध्यक्ष इजमको भनाई छ ।

स्थानीय रमेश ढकालले भने, नदीमा पुल नहँुदा वडा नं. ७ का वडाबासीहरु चन्द्रडाँगी स्थित आफ्नै वडा कार्यालयसम्म सहज रुपले जाने अवस्था छैन । यसअघि नदीमा वारपार गर्न स्थानीयलाई सहज होस् भनेर वडा कार्यालयले भाटे पुल निर्माण गर्दै आईरहेको थियो । माटो परीक्षणको काम सम्पन्न भए लगत्तै डिपिआरको काम सुरु गरिने जनाइएको छ । बर्षौ देखी पुल अभावका कारण समस्या झेल्दै आएका स्थानीय झोलुङ्गे पुल निर्माण कार्य समयमा नै सम्पन्न हुनेमा बिश्वस्त छन् ।

झोलुङ्गे पुल निर्माणका डिपिआर पश्चात बजेट बिनियोजन गरिने जनाइएको छ । पुल अभावको कारण सास्ती भाग्दै आइरहेका यहाँका स्थानीयहरु झोलङ्गे पुल निर्माण भए राहत मिल्ने बताउँछन् ।

प्रकाशित मिति : भाद्र २१, २०७६ शनिबार  २ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]