जेष्ठ ६, २०८१ आईतबार

बिर्तामोडका उत्कृष्ट शिक्षकलाई सम्मान

बिर्तामोड । बिर्तामोड नगरपालिकाले सेवा निवृत शिक्षक, कर्मचारी तथा उत्कृष्ट शिक्षकलाई सम्मान गरेको छ ।

बिहीबार नगरपालिकाको सभाहलमा कार्यक्रमको आयोजना गर्दै उत्कृष्ट शिक्षकको रुपमा मोहनमाया माध्यमिक विद्यालयका माध्यमिक तहका शिक्षक शेरबहादुर श्रेष्ठ, साङ्गवेद संस्कृत माध्यमिक विद्यालयका आधारभुत तहका शिक्षक श्यामप्रसाद दाहाल र लक्ष्मी नारायण प्राविका शिक्षक जनक बहादुर थापालाई सम्मान गरिएको हो । सम्मानित हुनै तिनै जनालाई नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, कार्यपालिका सदस्य यामुना आचार्य लगायतले दोसल्ला ओढाएर सम्मान पत्रसहित जनहि ५० हजार रुपैयाँले सम्मान गरेका छन् ।

उत्कृष्ट शिक्षकककारुपमा आवेदन भर्ने माध्यमिक तहका ३ जना, आधारभुत तहका ३ जना र प्रावि तहका ६ जना शिक्षक मध्येबाट उत्कृष्ट ३ जना छनोट गरिएको हो । यसको छनोट मुल्याङ्कन समितिमा उमानाथ ओली, युवराज पाण्डे र इन्द्र मुखिया रहेका थिए ।

यस्तै २०७६ साल भदौ २३ गते यता सेवा निवृत भएका २२ जना शिक्षकलाई पनि सम्मान गरिएको छ । सम्मानि हुने सेवा निवृत शिक्षक तथा कर्मचारीहरुमा पञ्चतत्न माध्यमिक विद्यालयका उमानाथ प्याकुरेल, ज्ञानुनाथ मैनाली, डम्बर देउजा, रङ्गलाल बराई, महेन्द्रज्योती माध्यमिक विद्यालयका ऐतबहादुर तुम्रुक लिम्बु, देवकोटा आधारभुत विद्यालयका मुकुन्द रेग्मी, शान्ता उप्रेती, शुक्रराज आधारभुत विद्यालयका सोना घिमिरे, लेखराज काफ्ले, महेन्द्ररत्न माध्यमिक विद्यालयका चन्द्रशेखर पौडेल, पद्यमादेवी उप्रेती, भक्तिदेवी खपाङ्गी, दुर्गा माध्यमिक विद्यालयका रामप्रसाद अधिकारी, दुर्गाप्रसाद सुवेदी, खिलप्रसाद शिवाकोटी, वीर अमरसिंहका पदमबहादुर विष्ट, देवी माध्यमिक विद्यालयका गीता अधिकारी, मोहनमाया माध्यमिक विद्यालयका गजेन्द्रप्रसाद न्यौपाने, भवानी प्रसाद राजवंशी, लक्ष्मी आधारभुत विद्यालयका खगेन्द्रप्रसाद पकुवाल, गोपाल खनाल र शहीद लक्ष्मी आधारभुत विद्यालयका तुलसीराम गौतम रहेका छन् । सम्मानित सबैलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा कक्षा १ र २ को आचरण सचेतना शिक्षा पाठ्यपुस्तकको पनि विमोचन गरिएको छ । पुस्तकको नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले विमोचन गरे । बिर्तामोड नगरपालिकाले यसअघि कक्षा ३ देखि ८ सम्म अनिवार्य रुपमा आचरण सचेतना शिक्षा लागु गरेको छ । कार्यक्रममा शिक्षक संगठन तथा विभिन्न संघ संस्थाका प्रतिनिधि,शिक्षक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : असार ३१, २०७९ शुक्रबार  १० : २१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]