बैशाख २३, २०८१ आईतबार

सम्पादकीय : ब्यूटी कन्टेस्टमा बद्मासी गर्नेलाई सवक सिकाउ

गत हप्तामात्र सम्पन्न भएको एउटा व्यूटी कन्टेस्टबारे भद्रपुर नगरपालिमा उजुरी परेको छ । निर्णायकले उपाधि विजेता घोषणा गर्न तयार गरेको नामको सट्टा आयोजक समितिका अध्यक्ष सन्तोष राजवंशीले अर्कै नाम बाचन गर्न दवाव दिए । निर्णायक हुँदाहुँदै आदिवासी–जनजाति महासंघका नगर समन्वय परिषद्का अध्यक्ष राजवंशीले आर्थिक लाभको लागि गरेको बदनीयतपूर्ण धाँधली विरुद्ध उजुरी गरेर पीडितले नयाँ कामको शुरुवात गरेका छन् । विभिन्न यस प्रकृतिका प्रतियोगिताको नाममा भइरहेका यस्ता धन्दा विरुद्ध कसैले आवाज उठाउन सकिरहेको अवस्था थिएन ।

यहाँ उजुरी गरेर गलत संस्कार बसाल्नेलाई कानुनी दायरामा ल्याउन खोज्नु ठुलै काम भएको छ । प्रायःहरेक क्षेत्रमा विकृति छ । विकृतिले संभवत नछोएको क्षेत्र कमै छन् । विकृतिको मात्रा कम,थोर हुन सक्छ । तर, विशुद्ध विकृति विनाको क्षेत्र खोज्दा पाइदैन । धार्मिक क्षेत्रमा गुरुहरु नै बलात्कार, मानव बेचविखन जस्ता अपराधिक गतिविधिमा संलग्न भएको समाचार धेरै नै सुन्न र अध्ययन गर्न पाइएको छ । नेपाली समाजको चरित्र सुधार हुन सकेको छैन । सुधारका कयौं प्रयासहरु भए पनि समस्या उस्तै छ । धाँधली गुपचुप भयो भने अन्य यस्तै कार्यक्रममा अन्य प्रतियोगी पीडित हुने छन् ।

भद्रपुर नगरपालिकाले यो उजुरीलाई विशेष महत्वका साथ हेर्न जरुरी छ । किनभने, सौन्दर्य प्रतियोगिताको क्षेत्रमा रहेको विकृति अन्त्य हुनै पर्छ । आयोजक समितिका अध्यक्षले कसैले स्पोन्सर गरेकै आधारमा विजेता घोषणा गर्ने हो भने कार्यक्रम आयोजना गर्नुको औचित्य नै रहँदैन । यो त कमाउने धन्दा मात्र भयो । नागरिकको विश्वास जितेर मात्र यस्ता कार्यक्रम आयोजना गनुपर्छ । प्रतिस्पर्धा गराएपछि निर्णायकको अन्तिम निर्णय स्वीकार्य हुन्छ । त्यसैले निर्णायकले विजेता घोषणाको तयारी गर्ने प्रतियोगिलाई न्याय दिनैपर्छ । ब्यूटी कन्टेस्टको नाममा धन्दागिरी गर्ने सन्तोष राजवंशीलाई यहि उजुरीको आधारमा सवक सिकाउने हो भने यो क्षेत्रमा रहेको व्यापक विकृति अन्त्य हुनेछ ।

प्रकाशित मिति : भाद्र २४, २०७६ मंगलबार  ९ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]