जेष्ठ ८, २०८२ बुधबार

द्रौपदी मुर्मुले आज राष्ट्रपतिको सपथ लिँदै

नयाँ दिल्ली ।  भारतमा राष्ट्रपति निर्वाचित द्रौपदी मुर्मुले आज पद तथा गोपनियताको सपथ लिँदैछिन् । मुर्मुले सोमबार बिहान सवा दश बजे एक विशेष समारोहबीच पद तथा गोपनियताको सपथ लिनेछिन् । 

प्रधानन्यायाधीश एनभी रमानाले उनलाई राष्ट्रपतिको पद तथा गोपनियताको सपथ गराउनेछन् । सपथ समारोहअघि निवर्तमान राष्ट्रपति रामनाथ कोविन्द र राष्ट्रपति निर्वाचित मुर्मु एक औपचारिक समारोहमा संसदमा आइपुग्नेछन् ।

त्यस्तै, अर्को औपचारिक कार्यक्रम बिहान ९ः४२ बजे राष्ट्रपति भवनको प्रांगणमा हुनेछ । तर, पानी परेमा सो कार्यक्रम स्थगित हुने सपथ कार्यक्रमको तालिकामा उल्लेख छ । ६४ वर्षीय मुर्मु भारतको दोस्रो महिला र आदिवासी समुदायको पहिलो राष्ट्रपति हुन् । उनी भारतका १५औँ राष्ट्रपति हुन् ।

प्रकाशित मिति : श्रावण ९, २०७९ सोमबार  ८ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]