बैशाख २०, २०८१ बिहीबार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हल्दिवारीबाट एक पक्राउ

बिर्तामोड । झापाको हल्दिवारीबाट प्रहरीले बलात्कार आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आज दिउँसो पक्राउ गरेको हो ।

बालिकाले छिमेकीबाटै बलात्कृत भएको बताएपछि परिवारले आज जिल्ला प्रहरी कार्यालय झापामा उजुरी दिएको थियो । उजुरीका आधारमा प्रहरीले ति पुरुषलाई नियन्त्रणमा लिइसकेको छ । प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति चालक हुन् ।
प्राप्त सूचना अनुसार बालिकाको पेटमा २८ हप्ताको गर्भ रहेको छ ।

प्रकाशित मिति : श्रावण ९, २०७९ सोमबार  ७ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]