जेष्ठ ८, २०८२ बुधबार

विश्व स्तनपान सप्ताह सुरु

बिर्तामोड । सोमवारदेखि विश्व स्तनपान सप्ताह सुरु भएको छ । नवजात शिशुलाई जन्मिएको एक घण्टाभित्र आमाको बिगौती दूध खुवाउनाले उनीहरूमा रोगको संक्रमणविरुद्ध लड्न मद्दत पुग्ने अध्ययनहरूले देखाएका छन् ।

युनिसेफका अनुसार नेपालमा ५५ प्रतिशत शिशुलाई जन्मिएको एक घण्टाभित्र स्तनपान गराउनुपर्दछ । शिशु ६ महिनाको हुँदासम्म आमाको दूध मात्रै खुवाउन चिकित्सकहरू सुझाव दिन्छन् ।

आमाको दूधमा शिशुको शारीरिक तथा मानसिक विकासका लागि चाहिने सम्पूर्ण तत्त्वसहित ८७ प्रतिशत पानी, ७ प्रतिशत गुलियो पदार्थ, ४ प्रतिशत चिल्लो पदार्थ र १ प्रतिशत प्रोटिन हुन्छ । यसले शिशुलाई झाडापखाला, विभिन्नखाले एलर्जी तथा अन्य रोगहरूको संक्रमणबाट बचाउँछ ।

आमाको दूधले शिशुलाई कुपोषण हुनबाट बचाउँछ भने बालबालिकाको मृत्युदर १६ प्रतिशत र नवशिशुको मृत्युदरलाई २५ प्रतिशतले घटाउँछ । स्तनपान गराउनाले आमा र शिशुबीच विशेष सम्बन्ध कायम गर्छ भने आमालाई मधुमेह, स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरको जोखिम पनि कम गर्दछ ।

प्रकाशित मिति : श्रावण १७, २०७९ मंगलबार  ८ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]