‘मिसन क्यारेङग्याङ’ थाइल्याण्ड, मलेसिया र हङकङमा प्रदर्शन
बिर्तामोड । बिर्तामोडकी हिमाली लिङदेनको निर्देशनमा बनेको नेपाली चलचित्र ‘मिसन क्यारेङग्याङ’ नेपालमा भन्दा पहिले बिदेशका ३ वटा देशमा प्रर्दशन गरिएको छ । एसएस इन्टरनेश्नल फिल्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र थाइल्याण्ड , मलेसिया र हङकङमा रिलिज गरिएको हो ।
यसै हप्ता प्रर्दशित चलचित्रलाई त्यहाँका दर्शकले अत्यधिक रुचाएको चलचित्रका प्रस्तुतकर्ता भुपेन्द्र लिङदेन (मन्त्री)ले जानकारी दिए । प्रथम लिम्बु महिला निर्देशक समेत रहेकी हिमालीलाई विश्व कलाकार माहासंघद्वारा आजीवन सदस्यता प्रदान गर्दै सम्मान गरिएको थियो ।

झापामा सुटिङ गरिएको चलचित्र एक्सन प्रधान ब्यवसायीक चलचित्र रहेको प्रस्तुतकर्ता भुपेन्द्र लिङदेन (मन्त्री)ले बताए । नेपालमा भने भदौको पहिलो हप्ता देशभर एकैसाथ प्रदर्शन गरिने बताइएको छ । अहिलेको नेपाली समाजमा भइरहेका विकृति र विसंगतीका बिरुद्धमा तयार पारिएको चलचित्रको कथा, पटकथा, संवाद उदय सुब्बाको रहेको छ ।
चलचित्रको मुख्य सहायक निर्देशकमा विश्वराज लिम्बु र अनुराग कट्टेल रहेका छन् । विकास चौधरीको संगीत रहेको सो चलचित्रमा दुईवटा गीत समावेश गरिएका छन् । राजु किरातीको द्वन्दमा बन्ने चलचित्रमा दिनेश पाख्रिन र ज्ञानु सुब्बाले नृत्य निर्देशक गर्ने चलचित्र निर्देशक लिङदेन बताइन् । अहिलेको नेपाली समाजमा भइरहेका विकृति र विसंगती बिरुद्धमा तयार पारिने चलचित्र एक्सन प्रधान हुने जानकारी समेत दिइएको छ । यसअघि बनेको ‘क्यारेङग्याङ’ चलचित्र सुपरहिट बने पछि ‘खतरनाक क्यारेङग्याङ’ चलचित्र बन्न लागेको हो ।
राजु किरातीको द्वन्दमा बन्ने चलचित्रमा दिनेश पाख्रिन र ज्ञानु सुब्बाले नृत्य निर्देशक गरेका छन् । यसअघि बनेको ‘क्यारेङग्याङ’ चलचित्र सुपरहिट बने पछि ‘मिसन क्यारेङग्याङ’ चलचित्र बनाइएको हो । उदय सुब्बाको विशेष भूमिका रहेको चलचित्रमा गौरव पहारी, अनुप याक्सो, भुपाल बुढाथोकी, रमा लिम्बु, सन्तु मगर, विश्व मुखिया, जीवन लिम्बु, गजेन्द्र तामाङ, भिष्म ओली, रबिना प्रधान, लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्र बनाउन करिब ६० लाख रुपैयाँ खर्च गरिएको निर्देशक लिङदेनले जानकारी दिए ।