बैशाख २७, २०८२ शनिबार

राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता

कतार विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत चाइनिज ताइपेइविरुद्ध ऐतिहासिक अवे जित हासिल गरेर राष्ट्रिय फुटबल टोली बुधबार साँझ स्वदेश फर्किएको छ ।

राति १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्यसचिव रमेशकुमार सिलवाल, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिंग शेर्पा लगायतले स्वागत गरेका थिए ।

विश्वकप तथा एसियन कपको छनोट प्रतियोगिताको समूह बी मा रहेको नेपालले गत साता कुवेतविरुद्ध उसैको मैदानमा ७(० को लज्जास्पद पराजय ब्यहोरेको थियो ।

तर दोस्रो खेलमा नेपालले आफूभन्दा ४१ स्थान माथि रहेको चाइनिज ताइपेइलाई उसैको मैदानमा २–० गोलअन्तरको सानदार जित निकालेको थियो ।

नेपालको जितमा अन्जन विष्टले दुवै गोल गरेका थिए । छनोट प्रतियोगितामा नेपालले पहिलो ३ अंक जोड्न सफल भएको थियो ।

समूह बी को आफ्नो तेस्रो खेलमा नेपालले असोज २३ गते अस्ट्रेलियासँग क्यानबेरामा खेल्नेछ । त्यसको ५ दिनपछि चौथो खेलका लागि जोर्डन पुग्नेछ ।

प्रकाशित मिति : भाद्र २६, २०७६ बिहीबार  ७ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]