जेष्ठ ५, २०८१ शनिबार

बिर्तामोडद्धारा ३४ परिवारलाई घर हस्तान्तरण : मुन्सीबस्तीका मुखियाले भने – घर पाइएला भन्ने सपना कहिल्यै देखिन

बिर्तामोड । बिर्तामोड नगरपालिकाले आज ३४ परिवारलाई घर हस्तान्तरण गरेको छ । बिर्तामोड–७ मा रहेको मुन्सीबस्ती र मुसहरबस्तीका विपन्न परिवारलाई नगरपालिकाले घर हस्तान्तरण गरेको हो ।

बिर्तामोड नगरपालिकाले घर निर्माणमा प्रति घर ७५, सहारा नेपाल २५ हजार र ह्याविटाट फर ह्यूमानिटीको ५० हजार लगानीमा सामुदायिक आवास गृह निर्माण गरिएको थियो । सामान्य झुप्रो घरमा जीवनयापन गरिरहेका परिवारलाई पक्का पिलर सहितको टिनको छानो भएको घर उपलब्ध गराइएको छ ।

दैनिक जनमजदुरी गरेर जिविकोपार्जन गर्दै आएका परिवारलाई नगरपालिकाको अगुवाईमा निर्माण गरिएको घर औपचारिक कार्यक्रमको आयोजना गरी प्रदेश सांसद् एकराज कार्की, बिर्तामोडका मेयर धु्रव कुमार शिवाकोटी र सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र गिरीले संयुक्त रुपमा हस्तान्तरण गरेका छन् । संविधानले नागरिकको आवास अधिकारलाई मौकिल हकको रुपमा व्यवस्था गरेकाले नगरपालिकाले घर निर्माण गरिदिएको नगरप्रमुख शिवाकोटीले जानकारी दिए ।

मुखिया

उनले सन्थाल जातिको आर्थिक जीवन नै कष्टकर भएकाले आवास निर्माणमा सहयोग गरेको बताए । शिवाकोटीले दैनिक मजदुरी गरेर मादक पदार्थ सेवन गरेका कारण उनीहरुले आर्थिक उन्नति गर्न नसेको बताएका थिए । प्रमुख शिवाकोटी भने, – ‘मादक पदार्थ खाने पैसा बचत गनुहोस्, घर हामीले बनाइदिइएका छौं । स्वास्थ्य र शिक्षा हाम्रो जिम्मा हो ।’ सो क्षेत्रमा बस्ने सन्थाल समुदायको आवास समस्या थियो, अब बचत गरुन् , उनले थपे । मादक पदार्थ सेवन गरेर नयाँ घरमा बसेमा निकाला गरिदिने उनको भनाई थियो ।


प्रदेश सांसद कार्कीले सरकार गरिव , विपन्न नागरिकको पक्षमा रहेको बताएका छन् । घर नभएकालाई घर, शिक्षाको पहुँचमा नभएकालाई शिक्षा र बेराजगारलाई रोजगारी वर्तमान सरकारको मुख्य प्राथमिकतामा रहेको बताए । घर हस्तान्तर गर्दै कार्कीले भने– अघिल्लो सरकारले गरिवलाई के दियो ? हामीले घर दिएका छौं । कोहि पनि नागरिक अब आवास विहीन बन्नुपर्ने छैन । सांसद कार्कीले सबैलाई अघिल्लो सरकारहरुले गरेको कामलाई फर्केर हेर्न आग्रह समेत गरेका छन् । उनले तराई फाँडेर बस्ने नागरिकको घर समेत नहुनु विडम्बना भएको औल्याएका छन् ।

सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र गिरीले स्थानीय सरकारसँगको सहकार्यमा विपन्न नागरिकको आवास निर्माण गर्न संस्था सधैं तयार रहेको बताएका छन् । उनले झापाको ८ स्थानीय तहमा २ सय ५४ वटा घर निर्माण गरेको जानकारी दिए । हरेक नागरिकको आवास अधिकार सुनिश्चित गर्न आफुहरु सहकार्य तयार गर्न तयार रहेको बताउँदै संस्थाले सामाजिक क्षेत्रमा काम गरिरहेको बताए ।

मुखियाको घर

नगरपालिकाले घर नंं.१ मुन्सीबस्तीका मुखिया मुन्सी मुर्मूलाई उपलब्ध गराएको छ । सोहि घरमा रिवन काटेर अतिथिले मुन्सीलाई घर प्रवेश गराएका छन् । घर पाएपछि ८६ वर्षीय मुन्सीले खुशी व्यक्त गरेका छन् । सोहि ठाउँमा जन्मिएका मुर्मूले झुप्रो घरमा जीवन विताइरहेका थिए । उनले भने, घर पाइन्छ भन्ने सपनामा पनि देखेको थिन । सरकारले घर बनाइदियो, अब छोराछोरीलाई गरिखान सजिलो हुनेभयो, उनले भने ।


घर पाउने अर्का विपन्न परिवारका सन्तकुमार राईको खुशी बेग्लै थियो । उनले जीवनको अन्तिम लक्ष्य पुरा भएको बताएका छन् । जमानामा दिनभर काम गर्दा पेट मात्र भरिन्थ्यो, अहिले झन महंगीले घर बनाउने सोच नै थिएन । बिर्तामोड नगरपालिकाले जनताको घर बनाएर ठुलो धर्म ग¥यो । ५६ वर्षीय राईले अब सुखका दिन आएको अभिव्यक्ति दिएका छन् ।

यस्ता थिए पुराना घर

प्रकाशित मिति : भाद्र २६, २०७६ बिहीबार  १२ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]