बैशाख ६, २०८१ बिहीबार

मेची सहकारी सदस्यलाई घर मालिक बनाउने अभियानमा

साढे तीन अर्वको कारोबार, नाफा ११ करोडभन्दा धेरै
दमक । रिक्सा मजदुरलाई रिक्साको मालिक बनाउने संकल्पका साथ अघि बढेको दमकको मेची बहुउद्देश्यीय सहकारी संस्था दमकले संस्थाले आफ्ना सदस्यहरुलाई घर मालिक बनाउन सफल भएको छ । संस्थाले २५ वर्षको योजनामा सदस्यलाई घर मालिक बनाउने लक्ष्य राखेको थियो ।

संस्थाको २६ औं वार्षिकोत्स तथा २८ औं साधारणसभाको पूर्वसन्ध्यामा आयोजना गरेको प्रतिवेदन सार्वजनिक कार्यक्रममा संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले संस्थाको योजना पुरा हुने चरणमा रहेको बताएका छन् । आज संस्थाको दमकस्थित कार्यालयमा झापा, मोरङ, सुनसरी र इलामका सञ्चारकर्मी सहभागी गराएर प्रतिवेदन सार्वजनिक गरेको मेची सहकारीले संस्था सहकारीको मापदण्ड अनुसार चलिरहेकोले कुनै पनि जोखिम नभएको अध्यक्ष भट्टराईको भनाई थियो । संस्था वित्तीय रुपमा मजवुद भएको बताए ।

सोही क्रममा अध्यक्ष भट्टराईले संस्थाको लगानीमा ५७ वटा आवास निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए । ८० प्रतिशत काम पुरा भइसकेकोछ, भट्टराईले भने – अब २/४ वटा मात्रै घर विक्री हुन बाँकी छन् । सदस्यहरुलाई घर मालिक बनाउने योजना अनुरुप सो कार्यक्रम सञ्चालन गरेको उनको भनाई थियो । अध्यक्ष भट्टराईले संस्थाका आगामी योजनाका बारेमा समेत योजना सार्वजनिक गरेका थिए ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले कोरोना महामारीका बीच पनि संस्थाले गत असार मसान्तसम्ममा कायम भएका १३ हजार ३ सय १८ सदस्यहरुको शेयर पुँजी ३५ करोड ५५ लाख ७८ हजार ८०० रुपैयाँ पुगेको जानकारी दिए । संस्थाको जगेडा कोषमा समेत १ करोड ४७ लाख ५९ हजार ९०० रुपैयाँ र अन्य कोषहरुमा ११ करोड ६३ लाख ७३ हजार रुपैयाँ जम्मा भएको प्रतिवेदनमा उल्लेख गरेको छ ।

गत आर्थिक वर्षमा कुल ११ करोड ९८ लाख २९ हजार रुपैयाँ नाफा कमाउन सफल भएको मेची सहकारीले गत आर्थिक वर्षमा करिब साढे तीन अर्ब रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ । चालू बर्ष २०७९÷ ८० लाई बचत वर्षका रुपमा मनाउने योजना बनाएको बगालेको भनाई छ ।

प्रदेश १ का विभिन्न जिल्लामा रहेका १२ वटा सेवा केन्द्र मार्फत आफ्ना सदस्यहरुसँगको कारोबारलाई निरन्तरता दिइरहेको र छिट्टै पूर्वको प्रमुख शहरका रुपमा रहेको इटहरीमा समेत सेवा केन्द्र सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए । उनले यससँगै संस्थाले सदस्य, कर्मचारी तथा सञ्चालक समिति, उपसमितिसहित समग्र सेवा तथा कारोबारमा लिएका नीतिगत बिषयहरुका बारेमा पनि जानकारी गराएका थिए ।

प्रमुख कार्यकारी अधिकृत बगालेले सहकारीहरु नीति र विधि अनुसार सञ्चालन नहुँदा जोखिममा परिरहेको बताएका छन् । उनले सहकारीहरु विधि विपरित सञ्चालन हुदै गए सहकारी डुबेको र सञ्चालकहरु भागेको खवर दिनहु सुन्न पाइने बताए ।

प्रकाशित मिति : श्रावण २८, २०७९ शनिबार  ३ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]