जेष्ठ ११, २०८२ शनिबार

नागरिकता बनाउन झुठो विवरण पेश गर्ने फरार प्रतिवादी पक्राउ

बिर्तामोड । झुठो बिबरण पेस गरी बिदेशी नागरिकले नेपाली नागरिकता लिन उधोग गरेको मुद्धाका फरार प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कचनकवल-२ का ५८ वर्षीय बम बहादुर गुरुङ रहेका छन् ।

झुठो बिबरण पेस गरी बिदेशी नागरिकले नेपाली नागरिकता लिन उधोग गरेको मुद्धामा फरार रहेका गुरुङलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको टोलीले शुक्रवार पक्राउ गरेको हो । प्रतिवादीलाई झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको छ । अदालतको आदेशले प्रतिबादीलाई कोरोना परीक्षणपछि नेगेटिभ आए पश्चात ६ महिना कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाउने आदेश भएको झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

प्रकाशित मिति : भाद्र ११, २०७९ शनिबार  ९ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]