बैशाख २५, २०८१ मंगलबार

कर्मचारीको आन्दोलनले सामुदायिक विधालयको पठनपाठन ठप्प

झापा । आइतवारदेखि देशभरका सामुदायिक विधालयमा तालावन्दी गरिएको छ । नेपाल विद्यालय कर्मचारी परिषद्ले विभिन्न माग राख्दै विधालयमा तालाबन्दी गर्दा झापासहित देशभरका सामुदायिक विधालयको पठनपाठन प्रभावित भएको हो ।

तालावन्दीको पहिलो दिन झापाका सबै सामुदायिक विधालयहरुमा पठनपाठन रोकिएको छ । जिल्लाका विधालयहरुले केहि दिन ऐक्यवद्धताका लागि सहयोग गरेको बुझिएको छ ।
सरकार र नेपाल शिक्षक महासंघबीच भएको सम्झौता अनुसार सेवा सुविधा नपाएको भन्दै परिषद्ले आन्दोलनको घोषणा गरेको थियो । आन्दोलनका कारण झापाका अधिकांश साुमदायिक विधालयको पठनपाठन प्रभावित भएको थियो ।
विद्यालय कर्मचारी सहायक (लेखापाल) हरुका लागि ३६ हजार ७३०, विद्यालय सहयोगीहरुका लागि २६ हजार २१० पूर्ण सेवा सुविधाको ग्यारेन्टी तत्काल गर्नुपर्ने, सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुलाई दरबन्दीमा समायोजन गरी एक पटकका लागि प्रक्रिया पु¥याई स्वतः स्थायी प्रक्रियामा लगिनुपर्ने संघीय शिक्षा ऐन÷शिक्षा ऐन, २०२८ को संशोधनमा प्रबन्ध गर्नुपर्ने माग राखेका छन् ।

त्यस्तैगरी संघीय शिक्षा ऐन जारी हुँदाका बखतसम्म अविच्छिन्न सेवामा कार्यरत विद्यालय कर्मचारीहरुलाई एक पटकका लागि उमेर हद नलाग्ने प्रबन्ध गर्नुपर्ने, ६० वर्ष उमेर पुगेका विद्यालय कर्मचारीहरुलाई प्रचलित कानुनबमोजिम शीर्षक सरहको सेवा सुविधा उपलब्ध गराई अवकाश ससम्मान अवकाशको व्यवस्था गर्नुपर्ने लगायतको माग राखेका छन् ।

७५ प्रतिशत विद्यालय बन्द
विद्यालय कर्मचारी परिषद्को पूर्व घोषित कार्यक्रम अनुसार ७५ प्रतिशत सामुदायिक विद्यालयमा तालाबन्दी गरिएको छ । परिषदको पूर्व घोषित कार्यक्रम अनुसार परिषद्ले देशभरका सामुदायिक विद्यालयमा ताला बन्दी गरेको हो ।
सरकारले आफ्ना माग र मुद्दा कार्यान्वयनमा चासो नदेखाएको हुँदा विदालय बन्द गर्नु परेको परिषद्ले जानकारी दिएको छ । सरकारले आफ्ना मागको सम्बोधन नगरेसम्म आन्दोलन नरोकिने परिषद् बताउँछदै आएको छ ।
भदौ गते शिक्षा तथा मानव स्रोत केन्द्रमा धर्ना, दुई गते केन्द्रको मुलगेटमा ताला लगाए पनि पाँच मिनेट नपुग्दै ताला खोलिएको थियो । दिएर सुरु भएको परिषद्को आन्दोलन केही दिन यता माइतीघर मण्डलमा धर्ना दिन पुगेको परिषद् विद्यालय बन्द गर्ने निर्णयमा पुगेको हो ।

परिषद्ले आठ गते सम्म माइतीघर मण्डलामा धर्ना दिने, ९ गते खुला मञ्चदेखि माइतीघर सम्म विरोध र्याली आयोजना गर्ने, १० र ११ गते डिजिटल आन्दोलन गर्ने, १२ गते देखि १८ गते सम्म देशैभरका सामुदायिक विद्यालय बन्द गर्ने, १९ गते काठमाडौंमा बृहत प्रर्दशन गर्ने कार्यक्रम तय गरेको छ ।

वार्तामा आउन आग्रह
१२ दिन अगाडिदेखि सडक आन्दोलन गर्दै आएको नेपाल विद्यालय कर्मचारी परिषदलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्तामा बोलाएको छ ।
मन्त्रालयले विद्यालय बन्दको कार्यक्रमलाई स्थगित गरी वार्तामार्फत् समस्या समाधान गर्न मन्त्रालयले परिषद्लाई पत्राचार गरेको हो ।

शिक्षक महासंघसंग भएको सहमतिका विषयमा मन्त्रालयवाट अन्य निकायसँग समन्वय गरी समस्याको समाधान खोज्ने प्रयास गरेको, गत साउन २३ गते प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा उठाएका मागहरूको विषयमा नेपाल शिक्षक महासंघ मार्फत् छलफल तथा वार्तामा सहभागी हुन मन्त्रालयले परिषद्लाई पत्राचार गरेको छ ।

प्रकाशित मिति : भाद्र १३, २०७९ सोमबार  ८ : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]