जेष्ठ ११, २०८२ शनिबार

मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

काठमाण्डाै – आज दिउँसो देशका धेरैजसो ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुनी न्यून चापीय रेखा नेपालबाट केही उत्तरतर्फ सरेकाले आज देशका धेरैजसो ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार आज देशको सुदूरपश्चिम र लुम्बिनी प्रदेशको केही ठाउँमा भारी वर्षाको सम्भावना छ ।

बाँकी ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागे पनि दिउँसोपछि बदली हुने र पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नम्बर एक, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको छ ।

प्रकाशित मिति : भाद्र १३, २०७९ सोमबार  ८ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]