जेष्ठ ६, २०८१ आईतबार

समाजको दवावमा ‘दलित’ बुहारीलाई काजकिरियामा विभेद्

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वाड नं. १ स्थित बगर टोलमा गत शनिबार पदम श्रेष्ठको ६२ वर्षको उमेरमा निधन भयो । श्रेष्ठको निधनपछि छरछिमेकी दाजुभाई बीच ठूलै खैलाबैला भयो । श्रेष्ठकी कान्छी बुहारी दलित भएकाले उनलाई छेउमा गएर छुन पनि दिइएन ।


श्रेष्ठका कान्छा छोरा दिलिपले इलामकी अमृता परियारसँग सात वर्ष अघि विवाह गरेका हुन् । विवाह पश्चात उनीहरुको परिवार एकै भएर बसेको थियो । श्रेष्ठको निधनपछि दलितकी छोरी बुहारी भएकाले बोलाएको पण्डित पनि आएनन् । आफू दलितकी छोरी भएको कारणले पण्डित नआएको अमृताले बताइन् ।


परिवारको आर्थिक अवस्था कमजोर भएकाले एकै ठाँउमा बस्न गाह्रो भएपछि अमृताले घर छेउमा एउटा झुप्रो बनाएर बसेकी छन् । उनले सोही घरमा एक्लै ससुराको जुठो बार्दै आएकी छन् । उनलाई कसैले पनि बोलाउँदैनन् ।


आर्थिक अवस्था कमजोर भएकाले दिलीप वैदैशिक रोजगारीका लागि साउदीमा छन् । बिदा नमिलेका कारण दिलिप नेपाल नआएको पारिवारिक स्रोतले जनाएको छ । परिवारमा कसैले पनि जातीय विभेद नगरे पनि उनी समाजले गर्दा विभेदमा परेकी छन् । अमृता भन्छिन्, ‘समाजमा समानताको कुरा जोडतोडका साथ उठे पनि दलित समुदायलाई हेर्ने दृष्टिकोणमा अझै फरक आएको छैन ।’


अमृतालाई सबै जातजाति बराबरी नै भएको जस्तो लाग्थ्यो त्यही भएर आफूले दिलीपसगँ विवाह गरेको उनको भनाइ छ । तर, ससुराको निधनपछि उनले समाजको वास्तविक रुप थाहा पाएको बताइन् ।

‘परिवार शोकमा परेको बेला समाजका शिक्षित र समाजका अगुवा भन्नेहरु नै विभेद गरे’, उनले भनिन् ।
समाजका केही टाठाबाठाले नै ‘तिम्रो बुहारीसँगै किरियामा बसिन् भने तिम्रो श्रीमानले स्वर्गमा बास पाउँदैनन्’ परिवारलाई भनेको उनले सुनाइन् । ‘दलितकी छोरीहरुले आफूभन्दा माथिल्लो जातका केटासँग विवाह नै नगरुन्’, उनले भनिन्, ‘समाजले सबै जाति समान हुन्छ भने पनि मृत्यु र विवाहमा छेक्छ ।’


‘श्रीमानको निधन भयो, बिदेशमा भएको छोरा पनि घरमा आउन सकेन, घरकी जेठी बुहारी सुत्केरी भएकी छे र माइली बुहारी पनि धिमालकी छोरी भएकाले उसलाई हामीसँगै समाजले किरियामा बस्न दिएनन्’, श्रीमान् गुमाएको पीडामा डुबेकी इन्द्रमायाले भनिन्, ‘हामीसगँ केही नभएर हो कि हाम्रो बुहारी दलित र धिमालकी छोरी भएकाले श्रीमान्को मृत्यु भयो भन्दै गाउँका मान्छेलाई पण्डित बोलाउन लगाउँदा कोही पनि आएनन् ।

अनि लाशलाई खोला लगियो जलाइयो र घर आएर चार दिनसम्म पण्डित बिनै किरीया बारियो, श्रेष्ठ समाजका मानिसले थाहाँ पाएपछि पण्डित खोजेर अहिले ल्याइ दिएका छन् ।’
कसैले समाजमा जातको आधारमा कसैलाई विभेद गर्छ भने त्यो दण्डनीय हुने अर्जुनधारा नगरपालिका–१ का वडा सदस्य माधव आचार्यले बताए । उनले पीडितले प्रहरी कार्यालय र नगरपालिकामा निवेदन पेश गरे कानूनतः कारबाही हुने बताए ।

र्थिक अवस्था कमजोर भएकाले एकै ठाँउमा बस्न गाह्रो भएपछि अमृताले घर छेउमा एउटा झुप्रो बनाएर बसेकी छन् । उनले सोही घरमा एक्लै ससुराको जुठो बार्दै आएकी छन् । उनलाई कसैले पनि बोलाउँदैनन् ।


आर्थिक अवस्था कमजोर भएकाले दिलीप वैदैशिक रोजगारीका लागि साउदीमा छन् । बिदा नमिलेका कारण दिलिप नेपाल नआएको पारिवारिक स्रोतले जनाएको छ । परिवारमा कसैले पनि जातीय विभेद नगरे पनि उनी समाजले गर्दा विभेदमा परेकी छन् । अमृता भन्छिन्, ‘समाजमा समानताको कुरा जोडतोडका साथ उठे पनि दलित समुदायलाई हेर्ने दृष्टिकोणमा अझै फरक आएको छैन ।’

अमृतालाई सबै जातजाति बराबरी नै भएको जस्तो लाग्थ्यो त्यही भएर आफूले दिलीपसगँ विवाह गरेको उनको भनाइ छ । तर, ससुराको निधनपछि उनले समाजको वास्तविक रुप थाहा पाएको बताइन् । ‘परिवार शोकमा परेको बेला समाजका शिक्षित र समाजका अगुवा भन्नेहरु नै विभेद गरे’, उनले भनिन् ।

समाजका केही टाठाबाठाले नै ‘तिम्रो बुहारीसँगै किरियामा बसिन् भने तिम्रो श्रीमानले स्वर्गमा बास पाउँदैनन्’ परिवारलाई भनेको उनले सुनाइन् । ‘दलितकी छोरीहरुले आफूभन्दा माथिल्लो जातका केटासँग विवाह नै नगरुन्’, उनले भनिन्, ‘समाजले सबै जाति समान हुन्छ भने पनि मृत्यु र विवाहमा छेक्छ ।’

‘श्रीमानको निधन भयो, बिदेशमा भएको छोरा पनि घरमा आउन सकेन, घरकी जेठी बुहारी सुत्केरी भएकी छे र माइली बुहारी पनि धिमालकी छोरी भएकाले उसलाई हामीसँगै समाजले किरियामा बस्न दिएनन्’, श्रीमान् गुमाएको पीडामा डुबेकी इन्द्रमायाले भनिन्, ‘हामीसगँ केही नभएर हो कि हाम्रो बुहारी दलित र धिमालकी छोरी भएकाले श्रीमान्को मृत्यु भयो भन्दै गाउँका मान्छेलाई पण्डित बोलाउन लगाउँदा कोही पनि आएनन् । अनि लाशलाई खोला लगियो जलाइयो र घर आएर चार दिनसम्म पण्डित बिनै किरीया बारियो, श्रेष्ठ समाजका मानिसले थाहाँ पाएपछि पण्डित खोजेर अहिले ल्याइ दिएका छन् ।’

कसैले समाजमा जातको आधारमा कसैलाई विभेद गर्छ भने त्यो दण्डनीय हुने अर्जुनधारा नगरपालिका–१ का वडा सदस्य माधव आचार्यले बताए । उनले पीडितले प्रहरी कार्यालय र नगरपालिकामा निवेदन पेश गरे कानूनतः कारबाही हुने बताए ।

प्रकाशित मिति : भाद्र २९, २०७६ आईतबार  ९ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]