जेष्ठ १२, २०८२ आईतबार

झापामा ‘नारी पत्रकारिता पुरस्कार’ स्थापना

बिर्तामोड । नारी सञ्चार गृह झापाले पत्रकारिता पुरस्कार स्थापना गरेको छ । झापाको बिर्तामोडमा आज संस्थाको ११औँ स्थापना दिवसका अवसरमा हरेक दुई वर्षमा एक पत्रकारलाई रु एक लाख एक हजार एक सयको पुरस्कार प्रदान गर्ने घोषणा गरियो ।

नारी सञ्चारगृह झापाका अध्यक्ष भीमा शिवाकोटीले सो पुरस्कारको नाम ‘नारी पत्रकारिता पुरस्कार’ राखिएको जानकारी दिनुभयो । प्रदेश नं १ भरिका पत्रकार महिलामध्ये उत्कृष्टलाई सो पुरस्कार प्रदान गरिने छ । यसैगरी सोही संस्थाले झापाभरिका पत्रकारमध्ये एक जनालाई हरेक दुई वर्षमा रु २५ हजार पाँच सय राशिको ‘नारी प्रोत्साहन युवा पत्रकारिता पुरस्कार’ प्रदान गर्ने भएको छ । नारी सञ्चारगृहको स्थापना २०६९ सालमा भएको हो ।

पत्रकारिता क्षेत्रमा क्रियाशील र नवप्रवेशी महिलालाई सङ्गठित गर्दै तालिम तथा प्रशिक्षण प्रदान गर्दै उक्त संस्थाले पुरस्कारका लागि रु २५ लाखको अक्षयकोष खडा गरेको छ ।

यसैबीच नारी सञ्चारगृहले आज ‘मर्यादित पत्रकारिताका लागि भूमिका, सुझाव र प्रतिबद्धता’ विषयक अन्तक्र्रिया कार्यक्रमसमेत सम्पन्न गरेको छ । सो अवसरमा प्रदेश नं १ का यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले प्रदेश सरकारले सञ्चार विधेयक सदनमा प्रस्तु गरेर आमसञ्चार क्षेत्रको विकास र प्रवद्र्धनमा सघाउ पु¥याउन खोजेको बताउनुभयो ।

प्रकाशित मिति : भाद्र १८, २०७९ शनिबार  ५ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]