चैत्र १६, २०८० शुक्रबार

दमकमा उद्यमीलाई मेसिन हस्तान्तरण

दमक – दमक नगरपालिकाले नगरभित्रका विपन्न समुदायका उद्यमीलाई मेसिन हस्तान्तरण गरको छ । आज एक कार्यक्रममा दमक वडा नं २, ४, ७ र १० का लघुउद्यमीलाई ५८ वटा मेसिन वितरण गरिएको हो । नगरपालिकाले धिमाल जातिको पेटानी बुन्ने मेसिन, लुगा तथा जुत्ता सिलाउने मेसिन, केक बनाउने मेसिन, बङ्गुरको दाना बनाउने मेसिन वितरण गरेको हो ।

दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई र सामाजिक विकास समिति सभापति शारदा सापकोटाले ती वितरण गर्नुभएको थियो । नगर प्रमुख थापाले दमकमा उत्पादित वस्तुको बजारीकरणका लागि नगरपालिकाले सहयोग पु¥याउने बताउनुभयो । दमक नगरपालिकाले दुईदेखि तीन महिना तालिम लिएकालाई सङ्घीय सरकारअन्तर्गत उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा मेसिन वितरण गरेको हो ।

प्रकाशित मिति : भाद्र १९, २०७९ आईतबार  ९ : १२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]