बैशाख १३, २०८१ बिहीबार

दमकबाट काठ तस्करीमा संलग्न पाँच जना पक्राउ

दमक । वनजंगलबाट तस्करी गरी ल्याएको काठ साइकलमा हालेर ओसारपसार गर्दै गरेको अवस्थामा पाँचजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा इलाम जिल्ला चुलाचुली– ५ निवासी १९ वर्षीय नवीन लिम्बू , चुलाचुली– ३ निवासी २० वर्षीय सुजन श्रेष्ठ, सोही ठाउँका ३० वर्षीय धनपति न्यौपाने, फाकफोकथुम– ३ निवासी २० वर्षीय रमेश लिम्बु र पाँचथर तुममेवा– १ निवासी २२ वर्षीय विवेक लिम्बू रहेको प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक कैलाश अधिकारीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बुधबार बिहान ३ बजे दमक नगरपालिका– २ स्थित आम्दा रोडबाट अवैध काठसहित पक्राउ गरेको हो ।

उनीहरूको साथबाट सिसौको जातको गोलिया ५ थान २६.८५ क्युवि र सखुवा जातको चिरान काठ १४ थान ११.९५ क्युवि गरी जम्मा ३८.८० क्युवि काठ र काठ काट्ने औजार समेत फेला परेको प्रहरी निरीक्षक अधिकारीले बताए । बरामद गरिएको काठसहित पाँचैजनालाई आवश्यक कारवाहीका लागि सब डिभिजन वन कार्यालय बेलडाँगी दमकमा बुझाइसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : भाद्र २२, २०७९ बुधबार  ४ : २८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]