बैशाख १४, २०८१ शुक्रबार

झापा क्षेत्र नं. २ मा एमाले गठबन्धनभन्दा बलियो

बिर्तामोड । झापामा दलहरुले निर्वाचन केन्द्रीत गतिविधिलाई बढाएका छन् । कांग्रेसले जनतासँग कांग्रेस अभियान सञ्चालन गरिरहेको छ भने एमाले गाउँगाउँमा निर्वाचन केन्द्रीत कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

कांग्रेस, एमाले, माओवादी र राप्रपासहितले उम्मेद्वार सिफारिसको काम लगभग सकेका छन् । साना दलहरु पनि उम्मेद्वार सिफारिसलाई सिध्याउने तरखरमा लागेका छन् । झापाको ५ वटा निर्वाचन क्षेत्रमध्ये सबैको ध्यान केन्द्रीत भएको छ, झापा क्षेत्र नं. ५ मा । जहाँ नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली चुनावी मैदानमा उत्रिदै छन् ।

गत निर्वाचनमा देशभरबाटै सबैभन्दा धेरै मत ल्याएका ओलीका कारण सो क्षेत्र राष्ट्रिय चर्चामा छ । त्यस्तै अर्को निर्वाचन क्षेत्र हो, झापा – १ । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा लगातार दुई पटक पराजित भएको क्षेत्रमा उनै शर्मा फेरि कांग्रेसबाटै उम्मेद्वार सिफारिसमा परेका छन् । उनी एमाले नेता रविन कोइरालासँग प्रतिष्पर्धा गर्दैछन् । उनै कोइरालाले संविधानसभाको निर्वाचनमा पराजित गरेका थिए ।

झापा क्षेत्र नं. ३ मा कांग्रेसका नेता कृष्ण सिटौला र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन प्रतिष्पर्धा गर्दैछन् । एमालेका तर्फबाट दुर्गा प्रसाई सहितका नेताहरु सिफारिस भएका छन् । सिटौला, लिङ्देन र प्रसाईका कारण ३ नम्बर पनि चर्चा मै छ ।
यस्तै चर्चामा रहेको क्षेत्र हो, झापा – २ । नेपाली कांग्रेसले यहाँ केशवकुमार बुढाथोकी, सरिता प्रसाई, सुधिरकुमार शिवाकोटी, जलकुमार गुरुङ, छत्रबहादुर गिरी र नवीनराज प्रसाई उम्मेद्वार सिफारिस गरेको छ ।

नेकपा एमालेका तर्फबाट अग्नि खरेल, देवराज घिमिरे, पवित्रा निरौला खरेल र धु्रवकुमार शिवाकोटीलाई उम्मेद्वार सिफारिसमा परेका छन् । झापा २ जिल्लाको मुख्य राजनीतिक केन्द्र भएकाले यहाँको लेखाजोखा बारे सबैले चासो व्यक्त गर्दै आएका छन् ।

झापा क्षेत्र नं. २ मा अर्जुनधारा नगरपालिका, बुद्धशान्तिको १,२,३, कनकाईको ८, ९, बिर्तामोडको वडा नं. १ देखि ९ सम्मको भुगोल समेटिएको छ । उक्त ठाउँहरुमा बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा प्राप्त मतलाई हेर्दा गठबन्धन र एमालेको मतान्तर अत्यन्तै कम छ ।

वडागत मतलाई अध्ययन गर्ने हो भने कांग्रेस माओवादीसहितको गठबन्धन भन्दा एमाले एक्लै ११८० मतले अगाडि देखिन्छ । वडामा एमालेले जम्मा ३६२९६ मत प्राप्त गरेको थियो भने गठबन्धनले ३५११६ मत प्राप्त गरेको तथ्याङक छ ।
यो क्षेत्रमा कांग्रेस र एमाले नै मुख्य प्रतिष्पर्धी मानिएका छन् । मतान्तर कम भएकाले दलहरुको उम्मेद्वार छनौटले नै जीतहारको फैसला गर्ने मतदाता बताउँछन् ।

प्रकाशित मिति : भाद्र २४, २०७९ शुक्रबार  ८ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]