बनियानीमा अनेरास्ववियुले बनायो जेब्राक्रस
बनियानी । दुर्घटना न्यनिकरणका लागि अनेरास्ववियुले जेब्रा क्रसिङ बनाएको छ । झापाको कचनकवलस्थित बनियानीमा अनेरास्ववियु गाउँ कमिटीले जेब्राक्रस तयार गरेको हो ।

आज विहान लक्ष्मी मावि अगाडिको ६० फुटे सडकमा दुर्घटना जोखिमलाई कम गर्न अनेरास्ववियुले जेब्राक्रस निर्माण गरेको अनेरास्ववियु झापाका अध्यक्ष रोशन लामाले जानकारी दिए ।
प्रदेश सांसद बसन्त बानियाँको प्रमुख आतिथ्यतामा जेब्राक्रस बनाइएको बताइएको छ । कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई, अनेरास्ववियुका विधार्थी लगायतको उपस्थितिमा जेब्राक्रस निर्माण गरिएको अनेरास्ववियु कचनकवलका अध्यक्ष रविन नेपालले जानकारी दिए ।