बैशाख २४, २०८२ बुधबार

इलाममा एक किलो चियाको मूल्य ३५ हजार !

इलाम । इलाम चियाका लागि प्रसिद्ध जिल्ला हो । यहाँको चिया मुलुकभित्र मात्र नभई बाहिरसमेत जान थालेको छ । पछिल्लो समय अर्गानिक चियाको माग बढ्न थालेपछि त धेरै चिया उद्योगसमेत थपिँदै गएका छन् । यहाँका कारखानामा चिया प्रशोधन गरिन्छ र तयारी चियाका रूपमा बजारमा पु¥याइन्छ ।

यो तयारी चियाको मूल्य कति हुन्छ भन्ने चाहिँ हामीले अनुमान गर्नसमेत गाह्रो हुन्छ । कुनै चिया यतिसम्म महङ्गो हुन्छ कि जो कोही स्वदेशी ग्राहकले किन्नसमेत सक्दैनन् । इलामको जस्बीरे टी प्रशोधन उद्योगमा बन्ने एक प्रकारको चियालाई किलोकै रु ३५ हजारसम्म पर्छ । यो प्रकारको चियाले स्वदेशभन्दा पनि विदेशमा बढी बजार पाउने गरेको छ । “हामी कहाँ ग्लोमिन टी प्रकारको चिया चाहिँ रु ३५ हजार किलोसम्म बेच्ने गरिन्छ” उद्योगका सञ्चालक शरद सुब्बाले भन्नुभयो, “यो चिया विदेशमा भने हारालुस शैलीमा बिक्छ ।” उहाँका अनुसार यो चिया बनाउनका लागि पनि निक्कै मेहनत लाग्छ ।

उज्यालो/अँध्यारो, प्रकाश र ताप मिलाएर निर्माण गर्न सकिने यो चिया अत्यन्तै कष्टपूर्ण तरिकाले बनाउनुपर्दा मूल्यसमेत महङ्गो परेको सुब्बाको भनाइ छ । “यो चिया नेपालमा त बिक्री हुँदै हँुदैन । यो चियालाई अत्यन्तै मेहनत गरेर हामीले हातले बनाइन्छ ।” उहाँले उक्त चिया स्वास्थ्यका लागि पनि फाइदा हुने भएकाले पनि विदेशमा माग बढी रहेको बताउनुभयो । उहाँका अनुसार अरू तयारी चियाको बजार पनि विदेशमै बढिरहेको छ ।

विदेशमा ‘एल्लो टी’ लाई रु एक हजार ५००, ‘ह्वाइट टी’ लाई रु चार हजार, ‘सिल्भर टी’ लाई रु १० हजार, ‘रोस्टेड ग्रिन टी’लाई रु दुई हजार, ‘ब्लाक ओगल टी’लाई रु पाँच हजार, ‘हिमालय गोल्ड’लाई रु पाँच हजार प्रतिकिलो पर्छ । सुब्बाले स्वादका लागि मात्र नभई विदेशीले स्वास्थ्यका लागि पनि चिया पिउने गरेकाले उद्योगबाट उत्पादित चिया धेरै रुचाउने गरेको जानकारी दिनुभयो । “सरकारले नै यस्तो किसिमको चिया खाँदा उपयुक्त हुन्छ भनेर तोकिदिएको हुन्छ । त्यसैले महङ्गै भए पनि धेरैले किन्छन्”, सुब्बाले भन्नुभयो ।

प्रकाशित मिति : आश्विन १, २०७६ बुधबार  १० : २२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]