बैशाख २३, २०८१ आईतबार

नेकपा समाजवादीको भविष्य

सम्पादकीय
सत्तारुढ दलभित्र हेपिएको एउटा दल छ, नेकपा समाजवादी । चरम पदलोलुपता र व्यक्तिगत स्वार्थका कारण एमालेबाट फुटेको समूह अहिले कांग्रेस नेतृत्वको गठबन्धनसँग जोडिएको छ । मंसिर ४ मा हुने संघ र प्रदेश निर्वाचनको सिट बाँडफाँडमा हदैसम्म हारगुहार गरेको नेकपा समाजवादी अन्ततः खुम्चिएको छ । एमालेबाट फुटेको सानो समूह गठबन्धनमा पुगेपछि झनै सानो घेरामा पुगेको छ । त्यसको मुल्याङकनका आधारमा नेकपा समाजवादीले सिट प्राप्त गरेको छ ।

प्रदेश १ मा जम्मा १ सिट प्राप्त गरेको समाजवादीले जम्मा १७ सिट पाएको छ । त्यहि १७ भित्र माधव नेपाल र झलनाथ खनाल छन् । मुख्य प्रतिष्पर्धी उनीहरु नै हुन् । बाँकी १५ जना उम्मेद्वार प्रतिष्पर्धी होइनन् । एमाले फुटाएर ठुलो उपलब्धी हासिल गर्ने उद्देश्य राखेका माधव नेपालको पार्टी अध्यक्ष हुने सपना बाहेक केहि पुरा हुन सकेको छैन । नेपालको चरम गुटबन्दी र अवसरवादले एमाले फुटाए । अहिले एमालेमै फर्किन मुस्किल छ । गठबन्धनमा रहिरहन पनि गाह्रो छ ।

केपी ओलीले कम्युनिष्ट पार्टीहरुलाई एउटै मोर्चा बनाए । एमाले, माओवादीसहित बनेको नेकपालाई कमजोर बनाउन उनै माधव नेपालको भूमिका अग्रस्थानमा रह्यो । ओलीसँगको इगोले नेकपा समाजवादी बनाएका नेपालले आफ्नो हैसियत अनुसार सिट प्राप्त गरेका छन् । अब, उनले नेपालको राजनीतिमा ठुलो जनमतको नेतृत्व गर्न सक्दैनन् । नेकपा समाजवादी बनाएर आफ्नो समेत भविष्यलाई कमजोर बनाएका माधव नेपालले कार्यकर्ताको विल्लिवाठ बनाउने निश्चित छ । आउँदो निर्वाचनमा मतदाताले चरम अवसरबादी र स्वार्थीहरुलाई अवश्य परास्त गर्नेछन् । यसको भविष्य नै नभएपछि कोहि पनि त्यहाँ उज्जवल भविष्य खर्चेर बस्न हुदैन । बेलैमा विवेक पुराऔं ।

प्रकाशित मिति : आश्विन १५, २०७९ शनिबार  ७ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]