मुख्य समाचार

आज पनि संसदमा प्रतिपक्षीको अबरोध, भोलीसम्म स्थगित

आज पनि संसदमा प्रतिपक्षीको अबरोध, भोलीसम्म स्थगित


काठमाडौं, २२ जेठ । प्रतिनिधिसभाको आजको  बैठकमा प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् ।

भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रतिपक्षी दलले आज पनि संसदमा अबरोध गरेका हुन् ।

पटक पटक स्थगित हुदैँ आएको आज बैठक सुरू हुनासाथ प्रतिपक्षीले उठेर अवरोध गरे पनि सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्न दिने भन्दै बस्न आग्रह गर्दा पनि प्रतिपक्षीले सो प्रस्ताव स्विकार गरेनन् ।

बैठकमा अबरोध कायमै भए पछि सभामुख घिमिरेले भोलि १ बजेसम्मलाई बैठक स्थगित गरेका छन् ।

शेयर गर्नुहोस :

54
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu