बैशाख २२, २०८१ शनिबार

फोहोर फाल्दै गरेको गाडि बिर्तामोड नगर प्रहरीको नियन्त्रणमा

बिर्तामोड । बिर्तामोड नगर प्रहरीले सडकमा फोहोर फाल्दै गरेको अवस्थामा पिकअप नियन्त्रणमा लिएको छ । नगर प्रहरीको गस्ती टोलीले आज विहान पूर्व पश्चिम लोकमार्ग अन्तर्गत बुट्टावारी नजिकै सडक किनारमा फोहोर फाल्दै गरेको अवस्थामा प्र १–०२–००२ च ५०७७ नम्बरको पिकअप नियन्त्रणमा लिएको नगर प्रहरी प्रमुख किरण पाण्डेले जानकारी दिए । प्रहरीले चालक राजेन्द्र लिम्बुसहित गाडी नियन्त्रणमा लिएको हो ।

राजमार्ग छेउमा जथाभावी रुपमा फोहोर फालेको भेटिन थालेपछि बिर्तमोड नगर प्रहरीले निगरानी बढाएको छ । प्रहरीले यसअघि पनि २ वडा गाडि नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका गाडीलाई नगरपालिकाले ५ हजार रुपैंया जरिवाना गराउंदै आएको छ ।

प्रकाशित मिति : आश्विन १५, २०७९ शनिबार  ९ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]