जेष्ठ ५, २०८१ शनिबार

झापामा मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

भद्रपुर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्बन्धी कार्य गर्न निर्वाचन आयोगले आज एकैदिन सबै जिल्लामा मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

मूख्य निर्वाचन अधिकृतको कार्यालय आज झापाको क्षेत्र नम्बर ३ अन्तर्गत चन्द्रगढी स्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन कार्यक्रमका प्रमुख अथिति जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालले झापाका राजनीतिक दलकाहरुले पञ्चायतकालदेखि नै एकापसमा सहकार्य, समन्वय र सहअस्तित्वलाई कायम राखी निर्वाचनमा भाग लिएको कारण पनि उहाँको निर्वाचन शान्तिपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपालका ठूला राजनीतिक दलका नेताहरु नै झापाको विभिन्न निर्वाचन क्षेत्रबाट निर्वाचनमा भाग लिनुहुने भएकोले आचार संहितालाई राम्ररी पालनहुने विश्वास पनि बरालले गर्नुभयो ।

निर्वाचन कार्यालय उद्घाटन कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, नेकपा एमालेका जिल्ला उपसचिव अशारु राजवंशी, कांग्रेसका जिल्ला सदस्य रमेश पोखरेल एकीकृत समाजवादीका झापा अध्यक्ष वेदराज रेग्मी, राप्रपाका जिल्ला सचिव अभिषेक ढुङ्गानाले निर्वाचन शान्तिपूर्ण, धाँदली रहीत र आचार संहीता पूर्ण पालन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

झापा जिल्ला अदालतका श्रेष्तेदार तथा सहायक निर्वाचन अधिकृत बीरेन्द्र बस्नेतले सञ्चालन गर्नु भएको कार्यक्रममा कार्यक्रमको औचित्य तथा स्वागत जिल्ला निर्वाचन कार्यालयका जिल्ला निर्वाचन अधिकारी तुलसीकुमार नेपालले गर्नु भएको थियो ।

असोज २३ गते मनोनयन दर्ता विहान १० बजेदेखि ५ बजेसम्म, २३ गते ५ बजेदेखि ७ बजेसम्म सूचि प्रकाशन गर्ने, २४ गते विहान १० बजेदेखि ३ बजेसम्म उजुरी दिने, २४ गते जाँचबुझ गर्ने, २५ गते नामावली प्रकाशन गर्ने, २६ गते दिउँसो १ बजेसम्म उमेद्वारी फिर्ता लिने र २६ गते ५ बजे उमेद्वारलाई चुनाव चिन्ह वितरण गरिने निर्वाचन कार्यतालिका रहेको छ ।

झापाको क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय मेचीनगर नगरपालिकामा रहने र सो क्षेत्रको निर्वाचन अधिकृत टंकबहादुर महत तोकिनु भएको छ , क्षेत्र नम्बर २ को अर्जुनधारा नगरपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय रहने र सो क्षेत्रमा केशवप्रसाद पन्त निर्वाचन अधिकृत रहने व्यवस्था व्यवस्था निर्वाचन कार्यालयले गरेको छ ।

क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समितिको कार्यालयमा रहने र सो क्षेत्रको निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवाली रहनु भएको छ । क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालय कनकाइ नगरपालिकाको कार्यालयमा रहने र सो क्षेत्रको निर्वाचन अधिकृतको जिम्मेवारी प्रकाश गौतमले गर्नु हुने भएको छ । क्षेत्र नम्बर ५ को निर्वाचन अधिकृतको कार्यालय दमक नगरपालिकाको कार्यालयमा रहने र सो क्षेत्रको निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्ले रहनु भएको छ ।

प्रकाशित मिति : आश्विन १५, २०७९ शनिबार  ४ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]