जेष्ठ ५, २०८१ शनिबार

झापाका युवाले बनाएको ‘नेपाली ब्लड डोनर’ एप ब्लड खोज्न प्रभावकारी

बिर्तामोड । झापाका एक युवाले रक्त सेवालाई सहज बनाउन निर्माण गरेको एप्लिकेशन प्रभावकारी बन्दै गएको छ । अहिले रगत खोजीमा धेरैले यसै एप्लिकेशनबाट रगत खोज्न थालेका छन् ।

झापा कचनकवल–३ का गिरिजा प्रसाद भट्टराईले ‘नेपाली ब्लड डोनर’ एप्लिकेशन बनाएर रगतको खोजीमा सजिलो बनाएका हुन् । भट्टराईले रक्त सेवासहित अन्य स्वास्थ्य सहजताका लागि सूचनाहरु समेत एप्लिकेशनमा राखेका छन् ।

कोभिड महामारीका बेला रगतको अभाव र व्यवस्थापनमा भएको कठिनाईलाई देखेर भट्टराईले एप्लिकेशन बनाएका हुन् । प्ले स्टोरबाट डाउनलोड गरेर चलाउन सकिने एप्लिकेशन २५ हजारभन्दाले डाउनलोड गरिसकेको भट्टराईले जानकारी दिए । सक्रिय प्रयोगकर्ताको संख्या अहिले ८ सय जना पुगेको छ ।

सन् २०२१ बाट एप बनाउन थालेका भट्टराईले ६० हजार लगानी गरेर एप्लिकेशन बनाएका हुन् । सो एप्लिकेशनबाट रगत खोज्न सकिनेछ । रगत अभाव भएमा रगत खोज्न एप्लिकेशन प्रभावकारी हुने उनको भनाई छ । एप्लिकेशनबाट फेसबुकको सट्टा सोही एप्लिकेशनमा रगत चाहिएको सूचना राख्न सकिन्छ । सूचना राखेको कुरा सबै प्रयोगकर्ताले थाहा पाउने छन् । योसँगै एम्बुलेन्स सेवा, ब्लड बैंकसँगको सम्पर्क, स्वास्थ्य सम्बन्धी जानकारी, कुनै पनि कार्यक्रम पोष्ट गरेमा एकैपटक प्रयोगकर्तालाई सूचित गराउन सकिनेछ ।

मेची क्याम्पस भद्रपुरबाट बिसिए सकेका भट्टराईलाई सुरुङाका अच्यूत चापागाई र रिजेन्स रायमाझीले अपडेटमा सघाएका छन् ।

प्रकाशित मिति : आश्विन १५, २०७९ शनिबार  ६ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]