जेष्ठ ५, २०८१ शनिबार

विरामीमाथिको व्यवहार सुधार

सम्पादकीय
स्वास्थ्य संस्था विरामीलाई उपचार गर्न लैजाने ठाउँ हो । त्यहाँ विरामीको हेरचाह राम्रो हुन्छ भन्ने आशा हुनु स्वभाविक छ । विरामीमाथि गरिने असर व्यवहारले उपचारमा थप मद्दत पुग्छ । तर, कतिपय स्वास्थ्य संस्थामा अझै पनि विरामी माथि असर व्यवहार गरेको पाइदैन । जसका कारण विरामीहरु दुखित भइरहेका हुनछन् । उपचारमा अस्पताल पुगेपछि त्यस वापतको शुल्क विरामी पक्षले बुझाउछन् । विरामीले स्वास्थ्यकर्मीको व्यवहारबाटै उपचारको आशा गरेका हुन्छन् । तर, अहिले अस्पताल तथा स्वास्थ्य संस्थामा ठुलो समस्या बनेको छ, स्वास्थ्यकर्मीको व्यवहार ।

झापाको एक अस्पतालले भर्खरै तीन जना कर्मचारीलाई उपचारमा उचित ध्यान नदिएको भन्दै कारवाही नै गरिदियो । भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालले एक जना डाक्टरसहित तीन जनालाई कारबाही गरेको पत्र थपायो । बिर्तामोडबाट उचारका लागि पुगेका विरामीको निधन भएपछि पीडित परिवारले उपचारमा ध्यान नदिएको गुनासो गरे । राती पुगेका विरामीको विहानतिर निधन भयो । निधन हुनु प्राविधिक विषय हो । तर, अस्पताल पुगेपछि संबद्ध पक्षले हेरचाहमा कुनै कसर बाँकी राख्न हुदैन ।

स्वास्थ्य संस्थाहरुमा सबैभन्दा धेरै झर्किने भनेको स्टाफ नर्सहरु हुन् । अस्पताल प्रशासनका कर्मचारी पनि सालिन हुदैनन् । जसका कारण विरामी र विरामीका आफन्त अस्पताल बसुन्जेल दुखित हुनछन् । भारतका चर्चित अस्पतालहरुमा विरामीलाई अधिकतम खुशी बनाएर उपचार गरिन्छ । विरामीसँग डाक्टर, नर्सले खेल्दै रमाउदै उपचार गरिरहेका हुन्छन् । उपचार गर्नु नै छ । उपचारलाई पनि हास्दै, रमाउदै, मिठा कुराकानी गर्दै गर्न सकिन्छ । तर, यहाँ झर्किने, फन्किने व्यवहार उच्च छ । स्वास्थ्य संस्था र अस्पतालहरुले उपचारमा खटिनेहरुलाई नम्र बनाउन जरुरी छ । अर्को कुरा, विरामी उपचारमा आइसकेपछि आवश्यक प्रक्रिया पुरा गरेर उपचारमा विशेष ख्याल पुर्याउनुपर्छ ।

प्रकाशित मिति : आश्विन १६, २०७९ आईतबार  ७ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]