बैशाख १४, २०८१ शुक्रबार

टीका लगाइमाग्ने पश्चिम र लगाइदिने पूर्व फर्किनुपर्ने : वास्तुविद

बिर्तामोड । आज बडा दशैंको मुख्य दिन मान्यजनबाट टीका र जमरा लगाइँदैछ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडा दशैंको सबैभन्दा महत्वपूर्ण दिन हो ।

आज दुर्गादेवीको प्रसादको रुपमा टीका र जमरा लगाउने उत्तम साइत ११ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

तर टीका लगाउँदा कुन दिशामा फर्किएर बस्ने भन्ने कुरालाई ख्याल राख्नुपर्ने हुन्छ । टीका लगाइमाग्ने पश्चिम र लगाइदिने पूर्व फर्किनु पर्ने वास्तुविद एवम् धर्मशास्त्रका जानकार डा. बासुदेवकृष्ण शास्त्री बताउँछन् ।

‘चन्द्रमालाई दाहिने र सम्मुख पारेर टीका लगाउनुपर्ने भएकाले टीका लगाइमाग्ने पश्चिम र लगाइदिने पूर्व फर्किंदा शुभ हुन्छ,’ उनले भने । आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्ने उनको भनाइ छ ।

टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ ।

घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेमा वर्षभर शान्ति हुने विश्वास छ ।

प्रकाशित मिति : आश्विन १९, २०७९ बुधबार  ७ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]