असार १४, २०८२ शनिबार

कारागारका ७६ कैदीबन्दी एकसाथ बिरामी, उपचारमा समस्या

इलाम । इलाम कारागारका ७६ कैदीबन्दी एकसाथ बिरामी परेपछि उपचारमा समस्या भएको छ ।

कारागारका ७२ पुरुष र ४ महिला गरी ७६ जना कैदीबन्दी एकैपटक बिरामी परेका हुन् । बिरामीमा ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकी लाग्ने र बान्ता हुने जस्ता लक्षण देखिएको कारगार प्रमुख प्रदिप श्रेष्ठले जानकारी दिनु भयो । उनीहरु करिब ५ दिन अघिदेखि बिरामी परेका हुन् ।

प्रमुख श्रेष्ठले भन्नुभयो ‘एकैपटक ठूलो समूहमा बिरामी परेकाले उनीहरुलाई अस्पताल लैजान समस्या भएको छ । सबै बिरामीलाई एकै पटक अस्पताल लैजान असम्भव भएकाले कारागारमा नै चिकित्सक बोलाएर जाँच भइरहेको कारागारले जानकारी दिएको छ ।

एक सय पुरुष र २५ महिलाको क्षमता रहेको इलाम कारगारमा अहिले २ सय ३८ पुरुष र २३ महिला कैदीबन्दी रहेका छन् ।

प्रकाशित मिति : आश्विन ५, २०७६ आईतबार  ८ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]