बैशाख १३, २०८१ बिहीबार

मंसिर ४ परमादेश सरकार हटाउने उपयुक्त दिन हो : एकराज कार्की

बिर्तामोड । झापा क्षेत्र नं. २ (१) का उम्मेदवार एकराज कार्कीले मंसिर ४ पछि जनताको सरकार बन्ने बताएका छन् । उनले परमादेशको सरकार हटाउने उपयुक्त दिन नै मंसिर ४ भएको बताए ।

आज बिर्तामोड वडा नं. ३ मा आयोजित चुनावी घरदैलो अभियानलाई सम्बोधन गर्दै जनताको सरकार बनाउन एमालेलाई विजयी गराउनुपर्ने धारणा राखे । नेकपा एमालेको नेतृत्वमा गाउँदेखि शहरसम्म विकासको लहर चलिरहेको बेला केपी ओली सरकारलाई परमादेशबाट हटाइएको कार्कीको भनाई छ । प्रदेश उम्मेदवार कार्कीले एमालेको सरकार हटाएपछि परमादेशबाट बनेको सरकारले सबै विकासका काम ठप्प बनाएको बताए ।

बिर्ताबजारको कोणसभा बोल्दै कार्कीले बिर्तामोडको विकास हेरेर मुल्याङकन गर्न आग्रह समेत गरेका छन् । जनतासँगको सहकार्यमा सडकहरुमा पेवर्स लगाइएको छ, कार्कीले भने – यहाँ सडक सञ्जालको ठुलो दुख छैन, विस्तारै सबै सडकहरुमा पेर्व र कालोपत्रे हुनेछ ।

उम्मेदवार कार्कीले बिर्तामोड नगरपालिकामा मात्रै गठबन्धन सरकारले १५ वटा सडक निर्माण योजना कटौती गरेको बताए । जहाँजहाँ सडकको दुख छ, त्यो सडक निर्माण रोक्ने शेरबहादुर देउवाको गठबन्धन सरकार हो, उनले थपे – कटौती नगरेको भए एक वर्षभित्र सबै सडक निर्माण सम्पन्न हुने थियो । मंसिर ४ मा एमालेलाई विजयी गराएपछि बाँकी विकासका कामहरुलाई तिब्र गतिमा अघि बढाउने कार्कीले प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : कार्तिक २६, २०७९ शनिबार  ८ : २३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]