बैशाख २५, २०८१ मंगलबार

पञ्चायतीकाल देखिकी लडाकू समानुपातिक उम्मेद्वारको सुचीमा

दमक । पञ्चायती व्यवस्था देखिनै जनअधिकार र स्वतन्त्रताका लागि झापामा संघर्षरत नाम हो, नर्वदादेवी शिवाकोटी पाठक (निर्मला) । २०२५ सालमा ताप्लेजुङ्को ओख्राबोमा जन्मिए पछि उहाँको बाल्यकाल देखिनै संघर्षको समय भने झापामा बित्यो । २०३० साल देखि, झापाको लखनपुरलाई कार्यथलो बनाउनु भएकी उहाँ २०४० विद्यार्थी कालदेखिनै बामपन्थी राजनीतिमा आकर्षित हुनु भयो । तत्कालिन लखनपुरको वाणि माविमा अध्ययन गर्दा देखिनै विद्यार्थी अध्ययन् दल, अखिल प्राक हुँदै तत्कालिन माले देखि हालको नेकपा एमाले सम्म उहाँ निरन्तर क्रियाशिल हुनु हुन्छ ।

पार्टीमा निरन्तर क्रियाशिल रहेको र पार्टीको अनुशासनमानै रहेका कारण उहाँका कतिपय व्यक्तिगत जीवन समेत पार्टी निर्णय अनुसारनै अघि बढ्दै आएको छ । त्यसै क्रममा २०४९ सालमा दमकका विष्णुप्रसाद पाठकसँग पार्टीकै सम्पर्क र समन्वयबाट प्रगतीशिल स्टेज विवाह गरे पछि भने उहाँको राजनीतिक र सामाजिक कार्यक्षेत्र झापाकै दमक रहँदै आएको छ ।

प्रत्येक खुड्किलाको अनुभव
विद्यार्थीकाल देखिनै बामपन्थी राजनीतिमा लाग्नु भएकी पाठकले राजनीतिक जीवन निर्वाह गर्ने क्रममा पार्टीका हरेक खुड्किलाको अनुभव लिनु भएको छ । नेकपा एमाले तत्कालिन लखनपुर ४ को वडा कमिटी, गाउँ कमिटी हुँदै विवाह पछि दमक नगरकमिटी उहाँको कार्यक्षेत्र बन्यो । त्यस पछि उहाँ नेकपा एमालेको जिल्ला कमिटी सदस्इ हुँदै हाल प्रदेश कमिटी सदस्यको जिम्मेवारी निर्वाह गरि रहनु भएको छ । मूल पार्टीको जिम्मेवारी निर्वाहसँगै नेकपा एमालेकै महिला संगठन अखिल नेपाल महिला संघका विभिन्न जिम्मेवारी समेत उहाँले निर्वाह गर्दै आउनु भएको छ ।

राजनीतिसँगै सामाजिक काम
राजनीति कर्मसँगै पाठक विभिन्न सामाजिक काममा समेत निरन्तर क्रियाशिल रहँदै आउनु भएको छ । जनप्रतिनिधीको रुपमा दमक ८ बाट वडा सदस्य (२०५४) मा निर्वाचित भए पछि उहाँले समाजसँग जोडिएर काम गर्न थप अवसर र जिम्मेवारी समेत पाउनु भएको छ । यसै गरि सामाजिक जिम्मेवारीको रुपमा नागरि एकता न्यायीक मञ्च, सुनौलो अभियान, सामुदायीक प्रहरी सेवा केन्द्र दमक लगायत दर्जनौ विकास निमार्णका योजना–परियोजना तथा संघ संस्थामा समेत उहाँ निरन्तर क्रियाशिल रहँदै आउनु भएको छ ।

पक्राउ तथा हिरासत
जीवनको पाँच दशक विताई रहँदा र पारिवारीक एवम् सामाजिक जिम्मेवारी निर्वाह गरि रहँदा उहाँका पार्टीको एउटा लडाकूको रुपमा काम गर्नु भएको थियो भन्ने कुरा नयाँ पुस्ताले थाहनै पाउन सकेको छैन । अन्याय र विभेदका विरुद्ध आक्रोश व्यक्त गर्ने तथा विद्रोह गर्ने स्वभावकै कारण उहाँ विद्यार्थीकाल देखिनै लडाकूको रुपमा संघर्षमा उत्रनु भएको थियो । आफु विद्यार्थीकालमानै भए पनि २०४३ सालमा भएको शिक्षक आन्दोलनका क्रममा उहाँ विराटनगरको आन्दोलन सम्म पुग्नु भएको थियो । त्यस आन्दोलनका क्रममा उहाँ समेत पक्राउ पर्नु भयो ।

त्यस क्रममा उहाँले १ साता हिरासतमा विताउनु प¥यो । तर किशोरावस्थामानै हिरासतको जीवन विताउनु परे पनि उहाँको लडाकू स्वभाव र विद्रोही गतिविधि रोकिएन । त्यसैका कारण ०४३ सालमा जनवादी सांस्कृतिक आन्दोलनमा लागे बापत उहाँ घरैबाट पक्राउ पर्नु भयो । त्यस बेला सम्म उहाँको राजनीतिक चेतना मात्र बढेको थिएन, हिरासतमा विताउनु पर्ने दिनहरु समेत बढि रहेका थिए । सोहि कारण उहाँले चन्द्रगढीमा ३५ दिन हिरासतमा विताउनु प¥यो । परिवार, समाजसँग समेत विद्रोह गर्दै निरन्तर संघर्षमा लाग्ने क्रममा उहाँ पुनः २०४६ सालमा झापाको विर्तामोडबाट पक्राउ पर्नु भयो । त्यस बेला राजवन्दी रिहाईको माग सहितको आन्दोलनमा भाग लिने क्रममा कतिपय अगुवाहरुसँगै उहाँ समेत पक्राउ पर्नु भएको थियो ।

समानुपातिक उम्मेद्वार
आगामी मंशिर ४ गतेको चुनावका लागि नेकपा एमालेले उहाँलाई समानुपातिक उम्मेद्वार बनाएको छ । आफु निरन्तर रुपमा पार्टी र आन्दोलनमा निरन्तर क्रियाशिल रहेकै कारण पार्टीले यस पटक आफुलाई समानुपातिक उम्मेद्वारको सुचीको राखेको हुन सक्ने उहाँको अनुमान छ ।

कुनै पनि लाभ वा उपलव्धि पाउँछु भनेर आफु राजनीति तथा पार्टीमा नलागेको भन्दै उहाँले भन्नुभयो–‘नेपाली समाजमा कायम विभेद र अन्यायका विरुद्धमा म पदमा रहँदा वा नरहँदा पनि म निरन्तर क्रियाशिल रहेकै छु, पार्टीले अहिले मलाई पनि जिम्मेवारीको सुचीमा राखेको छ । यदि निर्वाह गर्ने अवसर पाएँ भने कुनै पनि मतदाता र पार्टीको शिर नहुरिने गरि काम गर्ने छु ।’

प्रकाशित मिति : कार्तिक २८, २०७९ सोमबार  ९ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]