असार २१, २०८२ शनिबार

मंसिर १ देखि झापामा मादकपदार्थ विक्रि वितरणमा रोक

बिर्तामोड । झापामा मंसिर १ गतेदेखी मादकपदार्थ ओसारपसार, विक्रि वितरण र सेवनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय झापाले सूचना जारी गर्दै मादकपदार्थ विक्रि वितरणमा रोक लगाएको हो । निर्वाचन परिणाम नआउञ्जेल सम्मका लागि सूचना जारी गरिएको बताइएको छ ।

मंसिर ४ गते हुने निर्वाचनलाई स्वतन्त्र , निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७९ को दफा ६(थ) मा भएको व्यवस्था अनुसार कार्य गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

प्रकाशित मिति : कार्तिक ३०, २०७९ बुधबार  ६ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]