जेष्ठ ४, २०८२ शनिबार

बालकोट वार्ता : प्रधानमन्त्रीमा आलोपालोको सहमति

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट आगामी सत्ता साझेदारीबारे ठोस सहमति जुटेको छ । नयाँ सरकारको नेतृत्व एमाओवादी अध्यक्ष प्रचण्डले गर्नेछन् भने राष्ट्रपति एमालेले पाउने भएको छ ।

स्रोतका अनुसार प्रचण्डले आगामी साढे दुई वर्ष सरकारको नेतृत्व गर्ने सहमति जुटेको हो । आलोपालोको सिद्धान्तअनुसार त्यसपछिको आधा समय एमालेले सरकारको नेतृत्व लिनेछ ।

प्रधानमन्त्रीपछिको मुख्य दुई पद राष्ट्रपति र सभामुख भने एमालेले पाउने गरी सहमति जुटेको एक नेताले बताए ।

एमाले र एमाओवादीसहित कम्तीमा ५ वटा दलहरु आगामी सरकारमा सहभागी हुने भएका छन् ।

संसदको चौथो ठूलो दलका रुपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जान सकारात्मक छ । यसैगरी जसपा, नागरिक उन्मुक्ति र जनमत पार्टी पनि इच्छुक छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले भने सरकारमा जाने वा नजाने भनेर ठोस निर्णय लिएको छैन । यद्यपि, बहुमत पु¥याउन सहयोग गर्ने पार्टीको निर्णय छ ।

प्रकाशित मिति : पुष १०, २०७९ आईतबार  ४ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]