जेष्ठ ४, २०८२ शनिबार

अधिवक्ता डा. पोखरेल महान्यायाधिवक्तामा सिफारिस

काठमाडौं । अधिवक्ता डा. दिनमणि पोखरेल महान्यायाधिवक्ता नियुक्तिका लागि सिफारिस भएका छन् ।

नेपाल सरकारको कानुनी सल्लाहकारका रुपमा नियुक्ति गर्नका लागि प्रधानमन्त्री कार्यालयले आज राष्ट्रपति समक्ष सिफारिस गरेको हो । नेपालको संविधानमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

अधिवक्ता डा. पोखरेलले भारतको दिल्ली विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर र नेदरल्याण्डबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । संवैधानिक र फौजदारी कानुनका जानकार अधिवक्ता पोखरेलले प्रतिलिपि अधिकारका विषयमा विद्यावारिधि गरेका छन् ।

यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा सरकारको कानुनी सल्लाहकार खम्बहादुर खाती थिए । उनले सोमबार पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति : पुष १२, २०७९ मंगलबार  ४ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]