संसद् अधिवेशन २५ पुसमा
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक पुस २५ गते दिनको १ बजे बस्ने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका छन् ।
दुवै सदनको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ । सरकारको सिफारिशमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने व्यवस्था छ ।