जेष्ठ २, २०८१ बुधबार

पृथ्वी सहकारीको अध्यक्षमा पोखरेल सर्वसम्मत

सुरुङ्गा । झापाको कनकाई नगरपालिका ३ मा रहेको पृथ्वी बचत तथा ऋण सहकारी संस्थाले बिहीबार जेसिज भवन सुरुङ्गाको सभाहलमा आफ्नो दसौं बार्षिक साधारण सभाले अध्यक्षमा पुनः कुुमारमणि पोखरेललाई सर्वसम्मत निर्वाचित गरेको छ ।

तस्तै उपाध्यक्षमा एलपी उप्रेती, सचिवमा शिवकुमार कडेल, महिला सदस्यमा निर्मला राई, सुजन काफ्ले र बिनिता मैनाली, एवं सदस्यहरुमा जनक कार्की, जविन तिम्सिना, त्रिलोचन चिमरिया, कमल कट्टेल र डीपी गौतम सर्वसम्मत चयन भएका छन् ।

अधिवेशनले लेखा समिति पनि चयन गरेको छ । जुन समितिको संयोजकमा लुवराज उप्रेती र सदस्यमा सुमन कार्कि र चन्द्रकला ढकाल चयन भएका छन् ।

सञ्चालक समितिका अध्यक्ष कुमारमणि पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै प्रमुख अतिथि कनकाई नगरपालिका ३ का वडा अध्यक्ष युवराज चौलागाईंले एक व्यक्ति एक सहकारीको सदस्यको अवधारणा पालना गर्न पर्ने अबस्थामा यस क्षेत्रमा रहेका एकै प्रकृतिका सहकारीहरु एक भएर अगाडि बड्नु पर्ने बताए ।

कार्यक्रममा विषेश अतिथि झापा जिल्ला सहकारी संघकी उपाध्यक्ष चम्फा खनाल सुवेदी, सुरुङ्गा कनकाई बचत तथा ऋण सहकारीका अध्यक्ष प्रेम (प्रकाश) चुडाल, साझा सहकारीका अध्यक्ष गोपाल उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सभामा वार्षिक कार्यक्रम लाई निरन्तरता दिदै उत्कृष्ट बचत कर्ता उत्कृष्ट ऋणी र जेष्ठ नागरिक गरि प्रत्येक बिधामा एक पुरुष र एक महिला गरी ६ जनालाई सम्मान गरिएको थियो । यसरी सम्मान हुनेमा बचत तर्फ रमेशप्रसाद संग्रौला र नर्वदा चौहान, ऋणी तर्फ सञ्जयकुमार चौधरी र सल्मा श्रेष्ठ साथै जेष्ठ नागरिक तर्फ घनश्याम बराल र जानुका धिताल रहनु भएको थियो । सम्मानित सबैलाई कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि र अतिथिले नगद सहित सम्मान पत्रबाट सम्मान गरिएको हो ।

कनकाई नगरका सहकारी विभाग प्रमुख हरि प्रसाद पौडेल , जेष्ठ नागरिक संघ नगर अध्यक्ष पुण्यप्रसाद बाह्रकोटी, सहकारीकर्मीहरु नरेन्द्र श्रेष्ठ, जनार्दन उप्रेती संथाका सल्लाहकार लगायतको आतिथ्यमा सम्पन्न सभामा उपस्थित सबैलाई स्वागत संस्थाका उपाध्यक्ष एलपी उप्रेतीले गरेका थिए भने कार्यक्रम संचालन संस्थाका सचिव शिवकुमार कडेलले गरेका थिए ।

वित्तिय आवाश्यकतालाई सहकारीको माध्यमबाट पूरा गर्ने उदेश्यले २०६९ माघ २१ गते बाट झापाको सुरुङ्गामा औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

 

प्रकाशित मिति : पुष १५, २०७९ शुक्रबार  ३ : १५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]