जेष्ठ २, २०८१ बुधबार

प्रदेश १ ले पुस २४ गते नयाँ मुख्यमन्त्री पाउँदै

विराटनगर । प्रदेश १ को मुख्यमन्त्री नियुक्त गर्नका लागि पुस २४ गते आइतबार बेलुकी ५ बजेभित्र दाबी पेस गर्न समय सीमा दिइएको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङ्गले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनको दाबी पेश गर्न आव्हान गरेका छन् ।

उक्त संवैधानिक प्रावधानअनुसार प्रदेशसभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेकाले अब उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत पु¥याएर मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न भनिएको छ ।

प्रकाशित मिति : पुष १७, २०७९ आईतबार  १२ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]