जेष्ठ २, २०८१ बुधबार

सञ्चालनमा आयो एसियन हाइवेको मितेरी पुल

काँकरभिट्टा । एसियाली देशहरुलाई सडक सञ्जालले जोड्ने एसियन राजमार्गको मेची पुल ‘मितेरी पुल’ औपचारिक रुपमा सञ्चालन भएको छ । डेढ वर्ष अगाडि नै निमार्ण समपन्न भएको उक्त पुल आजबाट सञ्चालनमा आएको हो ।

निमार्ण सम्पन्न भएको लामो समयबाट मात्र सञ्चालनमा आएको उक्त पुल मेची भन्सार कार्यालय र भारतीय भन्सार कार्यालयका अधिकारीहरुले आज दिउँसो १ बजे आ–आफ्नो मुलुकको झण्डा फहराउँदै यातायातका साधनलाई प्रस्थान अनुमति दिएर पुललाई सञ्चालन गरिएको हो ।

मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले नेपालतिर र नक्सलबारी भन्सार डिभिजनकी उपआयुक्त छिरिङ शेर्पाले भारततिर पुलको रिबन खोलेर पुलको औपचारिक रुपमा सञ्चालन सुरु गरिएको हो ।

काँकडभिट्टाबाट भारतको पानीटंकी जोड्ने मेची नदीमा निर्मित ‘मितेरी पुल’ ५७५ मिटर लामो छ । पुलको सञ्चालन हुने जानकारी पाएपछि आज दिउँसो कार्यक्रममा सर्वसाधारण र स्थानीय सामाजिक व्यक्तिहरुको उपस्थित भएका थिए ।

सो अवसरमा जनप्रतिनिधि, उद्योगी व्यवसायी, पर्यटन व्यवसायी, सुरक्षा निकाय र मिडियाकर्मीको बाक्लो उपस्थिति थियो ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले २०७३ सालमा पुल निर्माणको सम्झौता गरेका थिए । पुलको आधा भाग नेपाली सीमाभित्र बनेको छ ।

एसिया उपक्षेत्रीय आर्थिक सहयोग–सडक सञ्जाल परियोजना अन्तर्गत एसियाली विकास बैंकको भारु एक अर्ब ६० करोड ऋण सहयोगमा भारत सरकारले नै पुलको निर्माण गरेको हो ।

निर्माणको क्रममा पुलको पश्चिमी भागमा पाँच सय मिटर एप्रोच सडक बनाउँदा त्यहाँ बसोबास गरेका ४३ परिवारलाई तीन करोड ३७ लाख रुपैयाँ मुआब्जा नेपाल सरकारले दिएको थियो ।

नयाँ पुल फराकिलो र सुविधाजनक भएको मेची भन्सार कार्यालयका प्रमुख पाठकले बताए । उनका अनुसार पुलबाट सबै प्रकारका यातायातका साधनले आवागमनको अनुमति पाएका छन् । दक्षिणतर्फ रहेको पुरानो पुलबाट तीन चक्के टेम्पो, रिक्सा, मोटरसाइक र साइकललाई प्रवेश दिइने भएको छ ।

 

प्रकाशित मिति : पुष १७, २०७९ आईतबार  ३ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]