जेष्ठ २, २०८१ बुधबार

झापामा मेरा मुख्य तीन प्राथमिकता हुनेछन् : एसपी रेग्मी

बिर्तामोड । जिल्ला प्रहरी प्रमुखका रुपमा झापा आएका दुर्गाराज रेग्मीले तीन विषयलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । आज जिल्ला प्रहरी कार्यालय झापाको कार्यालयमा आयोजित पत्रकारसँग परिचयात्मक कार्यक्रममा उनले मुख्य तीन विषयलाई प्राथमिकता दिने बताए ।

प्रहरी उपरीक्षक रेग्मीले लागुऔषध, राजश्व चुहावट नियन्त्रण र आत्महत्या न्यूनिकरणका लागि सचेतना मुलक अभियान सञ्चालन गर्ने बताएका छन् । झापा लागुऔषधको मुख्य ट्रान्जिट पोइन्ट बन्दै गएकाले यसको नियन्त्रणका लागि जिम्मेवार ढंगबाट काम गर्ने बताए । उनका अनुसार सामाजिक रुपमा लागुऔषध ठुलो समस्या भएकाले यसको नियन्त्रण जरुरी रहेको छ ।

पछिल्लो समय जिल्लामा राजश्व संकलन घट्दै गएको प्रसंगमा उनले चोरी तस्करी नियन्त्रणमा आफ्नो सबै यूनिटहरु परिचालन गर्दै राजश्व चुहावट रोक्न कडाई गर्ने बताएका छन् । यस्तै, केहि वर्षयता झापामा आत्महत्याका घटना बढिरहेको भन्दै आत्महत्या न्यूनिकरण गर्न अभियान सञ्चालन गर्ने प्रहरी प्रमुख रेग्मीको भनाई छ । रेग्मीले थपे, प्रहरीले गर्ने नियमित सुरक्षा सेवा, अपराध अनुसन्धानका काम नियमित हुने नै छ ।

जिल्लाका पत्रकारहरुसँग कुरा गर्दै उनले थोरै काम राम्रोसँग सम्पन्न गरेर जाने योजना बनाएको सुनाएका छन् । मलाई ठुलो काम होइन, सामाजिक रुपमा ससाना काम राम्रोसँग गरेर जाउँ भन्ने योजना बनाएको छु, उनले भने । रेग्मी उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंबाट झापा आएका हुन् ।
यसअघि विभिन्न जिम्मेवारीमा रहदा प्रहरी उपरीक्षक रेग्मी झापाको गौरीगञ्ज, दमक, काँकरभिट्टा बसिसकेका छन् । उक्त कार्यक्रममा पत्रकारहरुले जिल्लाको समस्यासँगै केहि सूझाव समेत राखेका थिए ।

प्रकाशित मिति : पुष १८, २०७९ सोमबार  ५ : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]