बैशाख २०, २०८१ बिहीबार

पुसभित्रै सभामुख चयन हुने

काठमाडौं । यही पुसभित्रै प्रतिनिधिसभाले नया“ सभामुख पाउने पक्कापक्की भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै सभामुख चुन्ने तयारी गरिएको हो । प्रतिनिधिसभा पहिलो बैठक २५ पुसमा बस्दै छ । संविधानको धारा ९१ मा प्रतिनिधिसभा पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचन गर्नुपर्ने उल्लेख छ ।

सो समय आधार मान्दा १० पुससम्म सभामुख चयन गरिसक्नुपर्छ । १० पुसमा प्रधानमन्त्री नियुक्त प्रचण्डले आगामी २६ पुसमा प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । त्यसलगत्तै सभामुख चयन प्रक्रिया अघि बढाउने तयारी सत्ता गठबन्धनको छ । संसद् सचिवालयका अनुसार सभामुख निर्वाचनका लागि कम्तीमा तीन दिन आवश्यक पर्छ ।

पहिलो दिन सभामुखका लागि सूचना जारी गर्ने, दोस्रो दिन सभामुखका लागि उम्मेदवारी दर्ता र तेस्रो दिन निर्वाचन हुनेछ । सोही अनुसार सचिवालयले तयारी गरेको हो । प्रधानमन्त्रीले विश्वासको मत लिएकै दिन २६ पुसमा सभामुख निर्वाचन सूचना जारी गर्ने संसद् सचिवालय तयार छ ।

सचिवालयका एक अधिकारीका अनुसार २८ पुसमा सभामुखका लागि उम्मेदवारी दर्ता र २९ पुसमा निर्वाचन गर्नेगरी तयारी अघि बढाइएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित सात दलको गठबन्धन बन्दा प्रतिनिधिसभाको पाँच वर्षे कार्यकालका लागि आधाआधा कार्यकाल सभामुख भागबण्डा गर्ने सहमति भएको बताइन्छ ।

प्रकाशित मिति : पुष २०, २०७९ बुधबार  १० : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]