जेष्ठ ४, २०८१ शुक्रबार

‘सधैं ज्ञानी र विनम्र हुनुहोस्’ अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय गतिविधिमा सहभागी हुने कुरालाई पहिलो प्राथमिकतामा राख्न पार्टीका नवनिर्वाचित सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

शनिवार नयाँ बानेश्वरमा एमाले सांसदका लागि गरिएको दुई दिने अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सांसदहरूलाई ज्ञानी र विनम्र हुन सल्लाह दिनुभयो । उहाँले ज्ञान र घमण्ड सधैँ एकै ठाउँ बस्न नसक्ने भन्दै ज्ञानलाई मात्र लिएर हिँड्न सांसदहरूलाई आग्रह गर्नुभयो ।

पार्टी संसदीय दलको बैठक र अन्य सबै संसदीय गतिविधिहरुको कामलाई प्राथमिकता दिएर अघि बढन अध्यक्ष ओलीले पार्टीका सांसदहरुलाई सचेत समेत गराउनुभयो ।

उहाँले सांसदहरूलाई संसदीय दलको बैठक र संसदीय गतिविधिमा जतिबेला बोलाइएको छ त्यतिबेला उपस्थित हुन आग्रह गर्दै समय पालनामा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘सबै थोक जानेको छु भनेर सम्झनुहुँदैन । सबै जानेको छु भन्ने सोच्यो भने मान्छे बिग्रन्छ । सबै थोक जान्दछौँ भन्ने सोच्यौँ भने त्यसले दिमागमा घर गर्छ । दिमागमा घमण्ड बस्न थालेपछि त्यहाँ बस्न सक्दैन । ज्ञान र घमण्ड कहिले पनि एकै ठाउँ बस्न सक्दैन । कि ज्ञान बस्छ कि घमण्ड बस्छ । दिमागमा ज्ञानलाई बस्न दिने हो भने तत्काल घमण्डलाई बाहिर निकाल्नुपर्छ । दिमागमा घमण्ड पस्न पाएको छैन भने पस्न दिनुहुँदैन ।’

उहाँले ज्ञानका लागि सधैँ दिमागको ढोका खुला राख्न आग्रह गर्नुहुँदै सबै सांसदहरूलाई विनम्र बन्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति : पुष २३, २०७९ शनिबार  ३ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]