जेष्ठ ५, २०८२ आईतबार

बृहत बाम एकताका लागि माओवादीले बनायो कार्यदल

काठमाडौं । नेकपा माओवादी केन्द्रले वामपन्थी एकताको लागि पाँच सदस्यीय कार्यदल बनाएको छ ।

एउटै चुनाव चिह्नमा चुनाव लडेका नेपाल समाजवादी पार्टी (नेसपा) र माओवादीबीच पार्टी एकताको पहल भइरहेको छ ।

साथसाथै नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले पनि ‘विचार मिल्नेहरुसँग पार्टी एकता गर्न’ भन्दै कार्यदल बनाएको छ । यही बेला माओवादीले पनि उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा कार्यदल बनाएको हो ।

कार्यदलमा महासचिव देव गुरुङ, उपमहासचिवहरु गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत सदस्य छन् । कार्यदलले बृहत वाम एकताको पहल गर्ने कार्यदल संयोजक महराले बताएका छन् ।

प्रकाशित मिति : पुष २३, २०७९ शनिबार  ६ : २७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]