जेष्ठ ४, २०८१ शुक्रबार

सत्ता साझेदार दलको बैठक सम्पन्न : दलहरूसँग विश्वसको मत माग्ने निर्णय

काठमाडौं । सत्ता साझेदार सात दलको बैठकले सरकारका लागि संसद्मा रहेका सबै राजनीतिक दलहरूसँग विश्वासको मत माग्ने निणर्य गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा आज साँझ बसेको बैठकले सरकार सञ्चालनका लागि सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने र छिट्टै औपचारिक रूपमा सार्वजनिक गर्नेसमेत निणर्य गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिनुभयो ।

बैठकमा सत्ता साझेदार दलहरूबीच सङ्घीय र प्रादेशिक तहमा सत्ता साझेदारीको प्याकेजका बारेमा छलफल भएको थियो । सत्ता साझेदारीका बारेमा मूलभूत रूपमा सहमति जुटेको र शीर्ष तहमा समझदारी कायम गरी छिट्टै सार्वजनिक गर्ने पनि बैठकले निणर्य गरेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउतको सहभागिता रहेको थियो । आजको बैठकले सातवटै प्रदेशका प्रमुख, मुख्यमन्त्री, सभामुख, उपसभामुख र मन्त्रीहरु बाँडफाँटमा सहमति जुटाउने भनिए पनि निर्णय हुन सकेको छैन ।

माओवादी, राप्रपा र जसपाका सांसदहरुले समर्थनमा आजै प्रदेश १ मा एमाले संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्रीमा नियुक्त भइसक्नुभएको छ । प्रतिनिधिसभाको पहिलो बैठक ओली सोमबार बस्दै छ । बैठकमा सभामा प्रतिनिधित्व गर्ने १२ राजनीतिक दलका नेताले शुभकामना मन्तव्य दिनुहुनेछ । सोमबारको बैठकमा ज्येष्ठ सदस्य जबराले यही पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने प्रस्तावबारे जानकारी गराउनुहुनेछ । प्रधानमन्त्री प्रचण्डले यही मङ्गलबार विश्वासको मत लिनुहुने छ ।

प्रकाशित मिति : पुष २४, २०७९ आईतबार  १० : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]