जेष्ठ ४, २०८१ शुक्रबार

प्रदेश १ मा मुख्यमन्त्रीसहित ३ मन्त्रीले लिए शपथ

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङसँग कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

कार्कीले ३ जनालाई मन्त्री पनि नियुक्त गरेका छन् ।

एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्ति सिटौला र जसपाबाट निर्मला लिम्बु मन्त्री नियुक्त भएका छन् । विना विभागीय मन्त्री बनेका उनीहरुले पनि मुख्यमन्त्री कार्कीसँगै शपथ लिएका छन् ।

प्रदेश १ सरकारमा नेकपा माओवादी केन्द्र भने सहभागी भएको छैन । उसले प्रदेश १ सरकारको नेतृत्व आलोपालो गर्ने गरी सहमति नभएसम्म आफूहरु सरकारमा नजाने बताएको छ ।

प्रकाशित मिति : पुष २५, २०७९ सोमबार  ३ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]