जेष्ठ ५, २०८२ आईतबार

राष्ट्रियसभा सदस्य उपनिर्वाचन कार्यक्रम स्वीकृत

काठमाडौं । निर्वाचन आयोगले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभाको रिक्त एक पदका लागि आगामी माघ २५ गते बुधबार हुने उपनिर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ ।

स्वीकृत कार्यक्रमअनुसार अगामी माघ ८ गते मतदाता नामावली प्रकाशन गर्ने, दाबी विरोधलगायत प्रक्रिया पूरा गरी माघ १० गते अन्तिम नामावली प्रकाशन गरिनेछ । माघ ११ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गरी दाबी विरोध, छानविन, उम्मेदवारले नाम फिर्ता लिने, माघ १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

माघ १६ गते नै उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गर्ने तथा २५ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान गर्ने कार्यक्रम रहेको आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति : पुष २५, २०७९ सोमबार  ६ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]