जेष्ठ ५, २०८२ आईतबार

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं । सरकारले पुस २७ गते नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्म दिनका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले पृथ्वी जयन्तीमा बिदा दिने निर्णय गरेको हो ।

सत्ता गठबन्धनमा सहभागी राप्रपाले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने विषयलाई सर्तका रुपमा अघि सारेको थियो । एमाले पनि यसमा सकारात्मक रहेकाले यो निर्णय सहज भएको हो ।

सरकारको न्यूनतम साझा कार्यक्रममै सो प्रस्ताव गरिएको थियो । सोमबारको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमलाई एक महिनाभित्र कार्यान्वयनको कार्ययोजनासहित लागू गर्ने निर्णयसमेत गरेको एक मन्त्रीले जानकारी दिए ।

प्रकाशित मिति : पुष २५, २०७९ सोमबार  ७ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]