जेष्ठ ५, २०८२ आईतबार

मधेशको मुख्यमन्त्रीमा सरोज यादव नियुक्त

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोज कुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले आज यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

त्यसअघि यादवले ६३ सांसदको समर्थन सहित प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । निवर्तमान सभामुखसमेत रहेका यादव बारा क्षेत्र नं. १ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

यादवलाई आफ्नो दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक÷एक तथा स्वतन्त्र प्रदेश सभा सदस्यहरूसहित ६३ प्रदेश सांसदको समर्थन छ ।

सत्ता साझेदार दलका शीर्ष नेताहरुबीच मधेश प्रदेश सरकारको नेतृत्व जसपा र जनमत पार्टीले आधा–आधा कार्यकाल गर्ने सहमति भएको छ । सोही सहमति अनुसार जसपाले पहिलो कार्यकाल नेतृत्व गर्ने अवसर पाएको हो ।

प्रकाशित मिति : पुष २७, २०७९ बुधबार  १ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]